add frist

गृहपृष्ठ अझै टुङ्गो लागेन गाउँपालिकाको केन्द्र

अझै टुङ्गो लागेन गाउँपालिकाको केन्द्र

गुल्मी,असार । गुल्मीमा एक गाउँपालिकाको केन्द्र अझै टुङ्गो लागेको छैन । जिल्लाको इस्मा गाउँपालिकाको केन्द्र अझै टुङ्गो नलागेको हो । स्थानिय तह बनेको तीन बर्ष पुरा भयो । गुल्मीका अन्य ११ वटै स्थानिय तहका केन्द्र टुङ्गो लागेपनि वर्तमान नेपाल सरकारका श्रमरोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण राज बिष्टको गाउँमै केन्द्र टुङ्गो नलाग्नु दुखद बिषय बनेको छ ।
त्यति मात्रै नभई गुल्मी जिल्लाका समन्वय समिति लक्ष्मण पराजुलीको घर पनि इस्मा गाउँपालिका नै हो । त्यत्ति मात्रै नभएर बिशेष र बिशिष्ट ब्याक्तिहरु पनि इस्मा गाउँपालिकामा नभएको भने हैन । गुल्मीका अन्य केहि स्थानिय तहका आफ्नै कार्यालय समेत हुदाँ इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो नलाग्नु दुखद बिषय नै बनेको छ । केहि अघि केन्द्रकै बिषयमा मत संकलन पनि गरियो चाँपटारी हुने कुरा पनि भयो । तर फेरि विवादका कारण त्यहाँ पनि हुन सकेन । यति लामो समय सम्म पनि केन्द्र टुङ्गो लाग्न नसक्दा स्थानिय हैरानी बनेका छन् ।
गाउँपालिकाले असार मसान्तसम्म केन्द्र टुङ्गो लगाएर नै छोड्ने भनेपनि गाउँपालिकाको केन्द्र टुङ्गो नलाग्नु कानुन कै समस्याले गर्दा रहेको पुन संरचनाका आयोगले जनाएको छ । पु संरचना आयोगले देशभरका स्थानिय तहकोृ नाम र केन्द्र तोक्ने जिम्मेवारी पाएको हुन्छ । पुन संरचना आयोगकाले हाल केन्द्र ताकेकै ठाउँमा बनाउने भनेको छ । केन्द्र तोक्ने प्राविधिक सहयोगले भने चाँपटारी बनाउने भन्यो त्यहि कारणले पनि केन्द्र अझै टुङ्गो नलागेको बताइएको छ । हाल गाउँपालिकाको कार्यालय भएको ठाउँमा हुनुहुन्न भन्ने मत दुईतिहाइ भयोभने केन्द्र अनेत्र सारिने छ । होइनभने हाल कार्यालय भएकै ठाउँमा केन्द्र तोकिने कानुन अनाुसारको प्रावधान रहेको छ ।
यसलाई केन्द्र र नाम तोक्ने प्राविधिक सहयोग र पुन संरचना आयोगको कुरा नमिल्दा टुङ्गो नलागेको बताइएको छ ।  यसलाई ६ महिनापछि मत संकलन गरि कार्यालय भएको ठाउँमा केन्द्र हुनुहुन्न भन्ने मत दुईतिहाई भएमा केन्द्र अनेत्र तोकिने बताइएको छ । यदि त्यसो नभए अहलिे कार्याएलय भएको ठाउँमा नै केन्द्र तोकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु