add frist

अनावश्यक तडक भडक तथा गहना र कपडाको प्रदर्शनलाई निरुत्साहित गर्न सके तीज पर्वको महत्व अझ बढेर जान्छ– सभामुख घर्ती

बुटवल,भदौ । प्रदेश नं ५ का सभामुख पुर्णबहादुर घर्तीले बिकृतिको रुपमा भित्रिएको अनावश्यक तडक भडक तथा गहना र कपडाको प्रदर्शनलाई निरुत्साहित गर्ने गरी तीज पर्व मनाउनु पर्ने बताएका छन् । हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा मंगलबार प्रदेशसभा सचिवालयद्धारा आयोजित तीज मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै सभामुख घर्तीले तीज पर्वका नाउमा हुने अनावस्यक तडक भडक तथा गहना र कपडाको प्रदर्शनलाई छाड्ने हो भने तीजको महत्व अझ बढेर जाने बताए । परम्परागत,धार्मीक र सांस्कृतिक महत्वका अलावा तीज पर्वलाई मुलुकमा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा समेत उपयोग हुदै आएको स्मरण गर्दै उनले बिकृतिहरुको अन्त्य गर्दै संस्कृतिको जगेर्ना गर्ने गरी तीज पर्वलाई मनाउनु पर्ने आवस्यकता औल्याए । सभामुख घर्तीले कम्तिमा पनि तीज पर्व नसकिदा सम्म महंगा कपडा र गरगहना प्रदर्शन नगर्न समेत महिला प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे ।प्रदेशसभा उपसभामुख कृष्णि थारुको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरति पौडेल,प्रदेशसभा प्रदेश मामिला तथा कानून समिति सभापति दामाकुमारी शर्मा, कृषि,वन तथा वातावरण समितिका सभापति विजय बहादुर यादव,प्रदेशसभामा नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्री, राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य कल्पना पाण्डे, राष्ट्रिय जनमोर्चाकी प्रदेशसभा सदस्य तारा जिसी, नेपाली कांग्रेस प्रदेशसभा सदस्य रमा अर्याल, प्रदेशसभा सचिवालयका कानून अधिकृत सिता घिमिरे लगायतले तीज पर्वको आफ्नै मौलिकता र बिशेषता रहेकोले तीज पर्वका नाउमा भित्रिएका बिकृतिहरुको अन्त्य गर्दै यसका राम्रा पक्षलाई मात्रै आत्मसाथ गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु