add frist

अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल, माघ । नागरिक संवाद केन्द्र बुटवलको आयोजानमा संसदीय समितिले पुस महिनाभरीे गरेको काम कार्यको विषयमा छलफल सम्पन्न गरेको छ ।

कार्यक्रममा पुस महिनामा संसदीय समितिका गतिबिधिहरूमा सार्वजनिक लेखा,शिक्षा तथा स्वास्थ,उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित,विकास तथा प्रविधि,प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन,राज्य व्यवस्था तथा सुशासन,,कृषि,सहकारी तथा प्राकृतिक स्रोत,संसदीय सुनुवाई विशेष,राष्ट्रिय सरोकार तथा समन्वय,राज्यका निर्देशन सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिको काम कार्य तथा सङ्घीय संसदको बैठक र राष्ट्रिय सभाको बैठक सम्बन्धी विवरणको बिषयमा छलफल गरिएको हो ।

नेपाल कानुन समाज द्वारा सञ्चालित नागरिक संवाद केन्द्र बुटवल प्रदेश–५ ले आयोजना गरेको छलफल कार्यक्रममा कार्यक्रममा प्रदेश सभा सदस्य दिपा बि.क.र थान कुमारी थापाले प्रदेश सरकारले गरेका काम कारवाहीको विषयमा जानकारी गराएका थिए ।

संवाद केन्द्रले आगामी दिनमा पनि सरोकारवाला संग छलफल गरि कानुन निर्माणमा सहयोग पुर्याउने नागरिक संबाद केन्द्र प्रदेश ५ बुटवलका प्रमुख हेमा न्यौपानेले बताइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु