गृहपृष्ठ अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता विकास तालिम
अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता विकास तालिम
बुटवल, १२ जेठ | अपाङ्गता भएका व्याक्तिहरुको लागि नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजनामा क्षमता विकास तालिम प्रदान गरिएको छ । शनिवार बुटवलमा आयोजना गरिएको तालिममा अपाङ्गता भएका व्याक्तिहरुको हक, अधिकार, कर्तव्य तथा उनीहरुले पाउने सेवा तथा सुविधाको विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।
५ नम्बर प्रदेश, समाजिक विकास मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा नेपाल दृष्टिविहिन उत्थान संघ का अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ ५ नम्बर प्रदेश नम्बरका सचिव हुमनाथ अधिकारीले सहजीकरण गरेका थिए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य शंकर पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका लेखा अधिकृत राजेन्द्र प्रसाद आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ का उपाध्यक्ष शारदा भट्राई, प्रदेश सदस्य दामोदर विसी, रुपन्देही नेत्रहिन युवा संघका अध्यक्ष टिकाराम पौडेल, जिल्ला प्रशासन कार्यालय नवलपरासीका नायव शुब्ब जिवन पौडेल, स्वलम्बन अपाङ्ग महिला शशक्तिकरण केन्द्रका अध्यक्ष रजिता रेग्मी लगायतले आतितिथ्यता रहेको थियो । रुपन्देही नेत्रहिन संघका सचिव निर्माला पाण्डेको स्वागत रहेको कार्यक्रमको सञ्चालन महासचिव मुक्ति अधिकारीले गरेका थिए ।