add frist

अपाङ्गता सम्बन्धी प्रदेश स्तरिय अन्र्तरक्रिया सम्पन्न

बुटवल, १३ असार । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजानमा बुटवलमा प्रदेश स्तरिय सरकारी तथा गैरसरकारी निकाय संग अन्तरक्रिया गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको संमन्वयमामा भएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ का उपाध्यक्ष सारदा भट्राईले गरेकी थिईन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश ५ सचिव हुमनाथ अधिकारीले गरेका थिए ।  अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सचिवालय सदस्य सुरेन्द्र खत्रीले अपाङ्गता सवालको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सरकारी तथा गैरसरकारी निकायले अपाङ्गता भएका व्याक्तिहरुलाई गर्ने व्यवहार, अपाङ्गता भएका व्याक्तिहरुको अपेक्षाको विषयमा जानकारी प्रदान गरेका थिए ।  प्रदेश कोषाध्यक्ष हेमनाथ ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रदेश सदस्य सावित्रा घिमिरे लगायतले विविधि विषयमा धारणा राखेका थिए । कार्यक्रममा प्रदेशको समाजिक विकास मन्त्रालय, मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, भौतिक पुर्वाधार विकास मन्त्रालय, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय का साथै विभिन्न गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु