add frist

आइतबार १२२१ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं।  आइतबार देशभर कोरोनाका अहिलेसम्मकै बढी  १२ सय २१ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।

विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन्।

हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु