add frist

आज नाग पञ्चमी, नागको पूजा गरेर मनाइँदै

आज श्रावण महिना शुक्ल पक्षको पञ्चमी, अर्थात नागपञ्चमी पर्व । यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदायबाट नागको पूजा गर्ने प्रचलन रहेको छ ।

नागको पूजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पूजा गर्ने गरिन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो यस दिन आठ प्रकारको अष्ट नागको पूजा गर्ने गरीन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ। नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ ।

यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु