आज राष्ट्रिय धान दिवस : कोरोना र सलहको त्रासबीच,रोपाइँ महोत्सव र दहीचिउरा खाँदै मनाइदै

असार १५ । आज असार १५, यसदिन नेपालमा परम्परागत रूपमा दहीचिउरा खाने दिनका रूपमा मनाइन्छ । आजकै दिन सरकारले राष्ट्रिय धान दिवस तथा कृषकहरूल रोपाइँ महोत्सवररोपाइँ जात्राका रूपमा मनाउने गरेका छन् ।
मानो रोपेर मुरी फलाउने महिनाको मध्यमा पर्ने असार १५ को नेपालमा विशिष्ट महत्व छ । कृषिप्रधान देश भएकाका कारण तथा प्रायः देशैभर धानखेती र रोपाइँ हुने अनि यस समय कृषकहरूको व्यस्तता र माहौल नै अर्कै हुने गरेकाले पनि असार १५ विशेष मानिन्छ ।
तर यस वर्ष भने कोरोना भाइरस ९कोभिड १९० महामारीका कारण दिवस र महोत्सवका औपचारिक कार्यक्रम भने राखिएका छैनन् । सरकारले आज १७ औँ राष्ट्रिय धान दिवस सामान्य औपचारिकताका साथ मनाउने भएको छ । सरकारले यस वर्ष धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरेको छ ।
तर कृषकहरूमा भने कोभिड महामारीको सन्त्रासको बीच पनि रोपाइँ अर्थात् धान रोप्ने कार्यको रौनक खासै घटेको छैन । यस वर्ष समयमै मनसुनी वर्षा समेत भएको र अधिकांश युवाहरू समेत गाउँघर फर्किएका कारण किसानहरूलाइ रोपाइँमा सहज भएको छ ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुनेगर्दछन् । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।
दही चिउराको महत्व
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्ने र दही चिउरा एवं फलफुल र मिष्ठान्न खाने चलन पुरानै हो । मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खाँदै आनन्द लिन्छन् ।
आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्दछन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् ।