आर्वा विजय मा.वि.ले मनायो ३६ औ वार्षिकोत्सव

पोखरा,पुस । पोखरा महानगरपालिका १३ ढाँडबेसीमा रहेको आर्वा विजय मा.विको ३६ औ वार्षिकउत्सव एव अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर बराल को सभापतित्वमा भएको उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रदेश सभासद मन वहादुर गुरुङले भौतिक संरचनाले भरिपुर्ण यस विद्यालय निकट भविस्यमा विद्यार्थीहरु भरिभराउ भएको देख्न पाइने बताउदै आजको युगमा प्राविधिक शिक्षामा बढी जोड दिनुपर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथि विद्यालयका सल्लाहकार एंव विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्रीनाथ बरालले गुणस्तरीय सिप युक्त प्राविधीक शिक्षा नै आजको आवश्यकता रहेको भन्दै विद्यालयमा छिमेकी विद्यालयको भन्दा भिन्न प्रविधिक विषयमा ११ र १२ कक्षाको पढाई गर्न राम्रो हुने वताए ।
विद्यालयका शिक्षक मन्जु कुमारी रिजालद्दारा सन्चालीत कार्यक्रममा विद्यालयका प्र.अ शिवराज पौडेलले प्र.अको प्रतिवेदन प्रस्तुत गर्दे विविध शैक्षिक, आर्थिक र भौतिक गतिविधीको बारेमा जानकारी गराएका थिए भने लेखा प्रतिवेदन लेखा शिक्षक चन्द्रउदय बरालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रेस युनियन कास्कीका निर्वतमान अध्यक्ष शिरोमणि बरालले आफ्ना बुवा स्व. सुर्यनाथ बरालको नाममा एक लाख एक हजार एकसय एघार रुपियाको अक्षयकोष प्रदान गर्ने घोषणा गरे । कार्यक्रममा पोखरा महानगरपालिका १३ का वडा सदस्य टंक भट्टराई पुर्व सहायक प्र.अ वालकृष्ण वि.क लगाएत कमल सुनार, राज सुनार, सुरेन्द्र सुनार, विजय सुनार लगाएतले विद्यालय तथा विद्यार्थीहरुको लागी विभिन्न सयोग गर्ने घोषणा गरेका थिए ।
विद्यालयका शिक्षक गिता त्रिपाठी र छात्र रोशन सुनारले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा वडा शिक्षा समितिका सदस्य सरदचन्द्र वराल अमरज्योती आधारभुत विद्यालयका प्र.अ विमल वहादुर वराल विद्यालयका संस्थापक प्र.अ दामोदर बराल विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष टेकनाथ बराल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुद्दारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरीएको सो कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीनुको साथै विद्यालयमा लामो समय सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान गरीएको थियो ।