add frist

इनरव्हिल क्लव अफ रुपन्देहीको अध्यक्षमा उमा अर्याल

बुटवल, जेठ  । महिलाहरुमात्र आवद्ध इनरव्हिल क्लव अफ रुपन्देहीको वर्ष २०२०/२०२१ का लागि समाजसेवी ब्यक्तित्व उमा अर्याल ढकाल सर्वसम्मत रुपले चयन हुनुभएको छ । देशको विषम परिस्थितिका कारण लक डाउनको अवस्थामा अनलाइन मार्फत गरिएको बैठकबाट सर्वसम्मत रुपमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

बर्ष २०२०/२०२१ का लागि आईपिपी  मन्जु आचार्य, उपाध्यक्ष गीता शर्मा, सचिव सीमा वन, कोषाध्यक्षमा माधुरी ज्ञवाली आइएसओमा रिता लामिछाने, इडिटरमा अनिता तिवारी, बोर्ड सदस्यमा दुर्गा आचार्य, पुष्पा शर्मा, जानुका शर्मा, सन्ध्या अधिकारी र मल्लिका घिमिरे तथा सल्लाहकारमा हेमा न्यौपाने रहनु भएको छ ।

संस्थापक अध्यक्ष इना उपाध्याय लगायत क्लबका सदस्यहरू कला राना, कल्पना भुषाल, मिरा सूर्यवंशी, सम्झना श्रेष्ठ, मन्जु नेपाल, बिसन पोख्रेल, सावित्री खत्री, कमला पान्डे, पुष्पा भुसाल, दुर्गा अधिकारी पंगेनी, कमला पान्डे, कल्पना पान्डे मगर,  बिमला अधिकारी, लक्ष्मी  काफ्ले, दिल कुमारी भट्टराई ,संगिता ज्ञवाली, सन्ध्या घिमिरे रहनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष अर्यालले क्लवले विगतदेखि गर्दै आइरहेका कार्यक्रमहरुलाई निरन्तरता दिदै थप कार्यक्रमको रुपमा कोभिड–१९ सम्बन्धी, शिक्षा, स्वास्थ्य लगाएत महिला र बालबालिका लक्षित कार्यक्रमहरु विशेष रुपमा सञ्चालन गरिने बताउनुभएको थियो । वहाँले क्लव सञ्चालनका लागी आवश्यक अन्य कमिटीहरु लकडाउनपछि गठन गरिने समेत बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु