add frist

इनरव्हील क्लब अफ रूपन्देहीले अपांग आश्रममा मनायो जनै पूर्णिमा 

बुटवल । इनरव्हील क्लब अफ रूपन्देहीले अपांग आश्रममा  जनै पूर्णिमा मनाएको छ । सेवा नै धर्म हो भन्दै इनरव्हील क्लब अफ रूपन्देहीले जनै पूर्णिमाको अवसर पारि नेपाल अपांग आश्रम देविनगरमा खाजा खुवाएको छ । क्लब अध्यक्ष मञ्जु आचार्य घिमिरेको अध्यक्षता र रोटरी क्लब वुटवल डाउनटाउन अध्यक्ष तुल्सि घिमिरेको प्रमुख आतिथ्यतामा आश्रमका परिवारलाई राखी बाँधेर खाजा खुवाएर उनीहरुसँग मनाएको छ । सो कार्यक्रममा इनरव्हील क्लब अफ रूपन्देहीको अध्यक्ष मंजू आचार्य घिमिरेले नेपाल अपांग आश्रमको अक्षकोसको निम्ति रू ५ हजार रूपैया प्रदान गरेकि छन् । कार्यक्रममा इंट्रयाक क्लबकोको पनि सहभागिता रहेको थियो । कार्यक्रम क्लबको सदस्य सम्झना भट्टराईको सम्योजकत्व तथा सचिब गीता भट्टराईको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु