इन्दिरा र सम्झनाको शिरफुलमा हट मोडल अञ्जली अधिकारको दमदार अभिनय (भिडियो सहित)

बुटवल । हिन्दु नारीहरूको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरू आफ्नो श्रीमानको आयू लामो होस र केहिपनि नहोस भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ भने अबिबाहित नारीहरू राम्रो स्वामी पाउ भन्ने कामना गर्दै निराहार ब्रत बस्ने गर्दछन कुरा यो छ कि यो मात्र नभएर तीजमा निकै गीत संगीत गाउने प्रचलन रहेको छ चर्चित कलाकार देखि लिएर नवकलाकर पनि तीज गीत गाउने अनि नाच्ने गर्दछन । नेपाली गीत संगीत निकै फराकिलो भएको कुरा यहाँहरूलाई अबगतनै छ गीत संगीत एउटा समुन्द्र हो जहाँ जो पनि पौडिन सक्छ । निकै गीत संगीत बजारमा आउछन र हामि सुन्ने पनि गर्दछौ । तर सुनेका सबै गीत सबैलाई मन पर्छ भन्ने छैन किन कि कस्तो अबस्थामा कस्तो गीत मन पर्ने हो भन्ने कुरा श्रोता अनि दर्शकहरूमा भर पर्ने कुरा हो गीत संगीत सबैको साथि हो कलाकार राष्ट्रका गहना हुन् भन्ने गर्दछौ हामि र गीत संगीत बिना हामी अधुरो र अपुरो रहन्छौ । लोक तथा दोहोरी गायिका इन्दिरा गैरेले यस वर्षको तीज पर्वलाई लक्षित गर्दै तीज गीत संग्रह कोरियन साडी २ शिरफुल बजारमा ल्याएकी छन् । असार पनि जानै लाग्यो अब बिस्तारै श्रावन पनि लाग्दैछ श्रावण सङै हरितालिका तिजको रौनक पनि छाउँदैछ त्यसैले यसपालि हामीले अलिकति फरक किसिमको गित जुन गितमा मौलिकता झल्काउने कोसिस गरेका छौ गायिका इन्दिरा गैरे बताउँछिन् । गायिका गैरेकै अघिल्लो वर्षको गीति संग्रह कोरियन साडीले बजारमा सर्वा्धिक चर्चा भएको थियो । यसअघि उनले दर्जन बढी गीत बजारमा ल्याइसकेकी छन् । सबै गीत राम्रो चर्चा पाएका छन् । ताजा इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको यो वर्षको गीतमा इन्दिरा गैरे र सम्झना लामिछानेको स्वर रहेको छ । जसमा लय तथा शब्द लोकप्रिय सर्जक शरद पाण्डेको रहेको छ भने एरेन्ज सुदिप सागरले गरेका छन् । जुन गीतको म्युजिक भिडियो चर्चित मोडल अञ्जली अधिकारी र सोम्या श्रेष्ठको दमदार अभिनय रहेको छ । गीतमा निर्देशन तथा कोरियोग्राफर काजिश श्रेष्ठले गरेका छन् । छायांकन सागर गौतम र सम्पादन दिपक बिष्टको रहेको छ । यो गीतको दृश्य निर्माण सुर्य्बिनायक फिल्मसले गरेको छ । सार्वजनिक भएको केही समयमै यो गीतले युट्युवमा समेत राम्रो चर्चा पाएको छ । गीत तथा भिडियो राम्रो बनेकोले गीतले चर्चा पाउने बिश्वास गरिएको छ ।
गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।https://youtu.be/mQFSe6k3c80