add frist

ईनरव्हिल रुपन्देहीको ५ औ पदस्थापन, अध्यक्षमा उमा

बुटवल । ईनरव्हिल क्लब अफ रुपन्देहिको ५ औ पदस्थापन भएको छ । क्लबकि वर्ष २०२०/२१ अध्यक्ष उमा अर्याल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा माधुरी ज्ञवालिले क्लब ईनरव्हिल प्राथना गरेकि थिईन ।

क्लब बोर्ड मेम्बर दुर्गा आचार्यको स्वागतमा भएको कार्यक्रममा डिस्ट्रीक ३५० पास्ट चेयरमेन समिरा ध्यजुले वर्ष २०/२१ अध्यक्ष उमा अर्याल ढकाललाई पद हस्तान्तरण गरेकी हुन ।

वर्ष २०/२१ सचिव सिमा बनको सञ्चालनमा भएको कार्यक्रममा अध्यक्ष अर्यालले वार्षिक कार्ययोजनाको बारेमा जानकारी गराएकी थिइन ।

क्लबको वर्ष २०२०/२१  को उपाध्यक्ष गीता शर्मा, सचिव सीमा वन, कोषाध्यक्षमा माधुरी ज्ञवाली आइएसओमा रिता लामिछाने, इडिटरमा अनिता तिवारी, बोर्ड सदस्यमा दुर्गा आचार्य, पुष्पा शर्मा, जानुका शर्मा, सन्ध्या अधिकारी र मल्लिका घिमिरे तथा सल्लाहकारमा हेमा न्यौपाने चयन भएको छन् ।

कार्यक्रममा डिस्ट्रीक ३५० ईडिटर आशा श्रेष्ठ,रोटरी डिस्ट्रीक ३२९२ का कमिटी चेयरमेन राजेन्द्र ढकाल,रोटरी डाउनटाउनका अध्यक्ष पंकज ज्ञवाली,रोटरी क्लब अफ बुटवल डाउनटाउनका तुल्सी घिमिरे,क्लबकी चार्टर प्रेसिडेन्ट ईना उपाध्यय,रोटरी क्लब बुटवल डाउनटाउनका भिपी कमला हमाल, ईनरव्हिल सैनामैना अध्यक्ष दिपिका शर्मा, क्लबकी उपाध्यक्ष गिता भट्टराई लगायतले बोलेका थिए ।

कार्यक्रममा क्लबकि पुर्व अध्यक्ष हेमा न्यौपानेले क्लब अध्यक्षको बायोडाटा प्रस्तुत गरेकी थिइन । कार्यक्रममा क्लवको डाईरेक्ट्री समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु