ईनरह्विल क्लब अफ मिडटाउनले स्थापना दिवसमा खाद्यान्न वितरण

८ असार, बुटवल । महिला र बालबालिकाको हितमा रहेर काम गर्दे आएको ईनरह्विल क्लब अफ मिडटाउन बुटवलले अनाथ बालबालिकाहरुलाई सहयोग गरि आफ्नो स्थापना दिवस मनाएको छ । मानव सेवा नै धर्म हो भन्ने मूल नारालाई पछ्याएर आत्म शान्ती अनाथ आश्रम मणिग्राममा रहेका ११ जना बालबालिकालाई खाद्यान्न वितरण गरि आफ्नो १० औं स्थापना दिवस मनाएको हो । वितरण कार्यक्रममा बोल्दै संस्थापक सल्लाहकार सरस्वती श्रेष्ठले क्लबले स्थापना कालदेखि नै सामाजिक कार्यहरु गर्दे आएको र कुनै तडक भड्क बिना अनाथ,असाहय र वृद्ववृद्वालाई सके सम्मको सहयोग गर्दे आएको बताईन । समाजमा रहेका असाहय,अशक्त महिला किशोर किशेरी र पिडितहरुका लागि केहि गरौ भनेर यो क्लबको स्थापना गर्दे आएको र आगामि दिनहरुमा पनि यस्ता खालका कार्यक्रमहरु हुदै जाउन भनि शुभकामना व्यक्त गरेकि थिइन् । यस्तै कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष आशा श्रेष्ठले क्वलले मानविय सेवा र सामाजिक कार्य क्षेत्रमा काम गर्दै आएको १० वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दे आगामि दिनहरुमा पनि यसै गरि अग्रसर हुदै जानुहुन कल्ब मेम्बरहरुलाई आग्रह गरिन । सोहि कार्यक्रममा बोल्दै ईनरह्विल क्लब अफ मिडटाउन बुटवलका अध्यक्ष राधा भट्टराईले क्लब स्थापना गरि आफुलाई यहाँ सम्म पु¥याउने चार्टड मेम्बरहरुलाई सम्मान व्यक्त गर्दे महिला र बालबालिकाको हितमा रहेर काम गर्न पाउदा निकै खुसी र अझ केहि गरौ भनि थप उर्जा मिलेको बताइन् । यदि आज आश्रमहरु हुने थिएनन र उनीहरुलाई थाम्ने हातहरु हुने थिएनन भने आज यि बालबालिकाहरु सडकमा भौतारि रहेका हुने थिए भन्दै यस्ता बालबालिकाहरुलाई साहारा दिएकोमा आश्रम अध्यक्ष भण्डारी र आश्रमलाई धन्यवाद दिएकि थिइन् । साथै उनले यसरी सहयोग गर्न पाउनु हाम्रो उपल्बधी भएको र आगामि दिनहरुमा पनि यस्ता थुप्र्रै कामहरु हुने बताईन् । कार्यक्रममा अनाथ आश्रमका अध्यक्ष मैना देवि भण्डारीले महिलाहरुले सञ्चालन गरेको यस आश्रममा झ्याप्पै जो कोहिले सहयोग नगरेको तर यस कल्वले भने २र३ वर्ष देखि विभिन्न तरिकाले सहयोग गर्दे आएकोमा आभार व्यक्त गरेकि थिइन । २३ वर्ष देखि सञ्चालनमा रहेको यस आश्रममा वुटवलबाट ३÷४ वर्ष यता कुनै पनि संघ–संस्था र कल्वहरुले साथ सहयोग नदिएको गुनासो गर्दे कतै आफुले आज सम्म गरेको मेहेनत खेर जान्छ कि भन्ने डरले आफु सकि नसकि ति बालबालिकाहरुको स्याहार–सुुसारमा लागेको बताएन् । ३६ जना अनाथ बालबालिका रहेको यस आश्रममा २४ जनाको विदाई भईसकेको र अहिले ११ जना मात्र बालबालिका रहेको उनले बताईन । उनका अनुसार यस आश्रमका लागि अहिले सम्म ४५ लाखको अक्षय कोष बनाउन सफल भएको भन्दै आगामि ०७७ साल सम्म १ करोड पु¥याउने उनको लक्ष्य रहेको बताईन । र यस कल्बले दिएको खाद्यन्न सहि प्रयोजनमा प्रयोग हने जानकारी गराईन । यस्तै क्लबले आफ्ना चार्टड मेम्बरहरुलाई फूल–माला लगाई सम्मान समेत गरेको थियो ।