add frist

ईनरह्विल संघर्षशील महिला सम्मान मैनादेबीलाई

बुटवल । ईनरह्विल क्वलले अघिल्लो वर्षदेखि प्रदान गर्न लागेको ईनरह्विल संघर्षशिल महिला सम्मान मैनादेवी भण्डारीलाई प्रदान गरीएको छ । ईनरह्विल क्लव अफ बुटवल, मिडटाउन, लुम्बिनी, रुपन्देही र सैनामैनाले विश्व ईनरह्विल डे को अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै भण्डारीलाई उक्त सम्मान गरेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आत्म शान्ति अनाथ आश्रम सञ्चालन गर्दै आईरहेकी भण्डारीलाई प्रदेशसभा सदस्य दिपा बिश्वकर्मा तथा ५ वटै ईनरह्विल क्लवका अध्यक्षले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिश्वकर्माले क्वलले संघर्ष गरीरहेको महिलालाई सम्मान गर्नु गर्वको कुरा रहेको बताउँदै काम गरेपछि उचित मुल्याङ्कन हुने बताईन् ।

कार्यक्रममा ईनरह्विल क्लव अफ लुम्बिनी चाटर्ड प्रेसिडेन्ट ज्ञानु पौडेल, ईनरह्विल क्लव अफ सैनामैना अध्यक्ष दिपिका शर्मा ईनरह्विल क्लव अफ बुटवल सचिव सानु श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु