add frist

गृहपृष्ठ ईनरह्वीलद्धारा अनाथ बालबालिकालाई सहयोग

ईनरह्वीलद्धारा अनाथ बालबालिकालाई सहयोग

बुटवल,मंसिर । ईनरह्वील क्लव अफ रुपन्देहीले अन्तराष्ट्रिय बाल दिवसको अवसरमा आत्म शान्ति अनाथ आश्रममा सहयोग गरेको छ । मानव सेवा नै धर्म हो भन्ने मूल नारालाई पछ्याएर आत्म शान्ति अनाथ आश्रम तिलोत्तमा–६,मणिग्राममा आश्रित बालबालिकालाई सम्मान तथा बालबालिकाको निम्ति खाद्यान्न वितरण गरेको हो । मञ्जु आचार्य घिमिरेको अध्यक्षतामा,रोटरी क्लब बुटवल डाउनटाउनका अध्यक्ष रोटरियन तुल्सी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । क्लबको सदस्य पुष्पा भुसालको संयोजक तथा सचिव गीता भट्टराईकोे सञ्चालनमा क्लबका संस्थापक अध्यक्ष ईना उपाध्याय,आश्रमका संस्थापक अध्यक्ष मैनादेवी भण्डारी लगायतले क्लबको कामलाई प्रशंसा गरे । यस क्लबले स्थापना कालदेखि नै सामाजिक कार्यहरु गर्दै आएको र कुनै तडक भड्क बिना अनाथ,असाहय,अपाङ्ग र वृद्ववृद्वालाई सकेसम्मको सहयोग गर्दे आएको संस्थाकी अध्यक्ष मञ्जु आचार्य घिमिरेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु