add frist

गृहपृष्ठ ईनरह्वील क्वल अफ रुपन्देहीको तेस्रो पदहस्तान्तरण कार्यक्रम सम्पन्न

ईनरह्वील क्वल अफ रुपन्देहीको तेस्रो पदहस्तान्तरण कार्यक्रम सम्पन्न

बुटवल,साउन । ईनरव्हील क्लब अफ रुपन्देही बुटवलको तेस्रो पदहस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । क्लबका वर्ष २०१८/१९ का अध्यक्ष हेमा न्यौपानेले वर्ष २०१९/२० का अध्यक्ष मञ्जु आचार्यलाई ईनरव्हील माला तथा पिन् लगाई दिएर पदहस्तान्तरण गरेकी हुन् । क्लबको वर्ष २०१९/२० को उपाध्यक्षमा उमा अर्याल ढकाल, सचिव गिता भट्टराई,कोषध्यक्ष, माधुरी ज्ञवाली, आइ.एस.ओ सिमा वन, इडिटर रुपा घिमिरे अधिकारी चयन भएको छन् । सदस्यहरुमा ज्ञानु पराजुली, सम्झना भट्टराई, मिनु कुंवर,अनिता तिवारी, जानुका शर्मा, कला राना, पुष्पा न्यौपाने, रिता घिमिरे, मञ्जु नेपाल,पुष्पा पोख्रेल, सुमित्रा लम्साल, कल्पना भुषाल, सन्ध्या अधिकारी, मिरा सुर्यवंशी, सावित्रा खत्री, दुर्गा देवी गौतम आचार्य, विसन पोख्रेल, दुर्गा पंगेनी, रुपा ज्ञवाली, पुष्पा भुषाल र सम्झना श्रेष्ठ चयन भएका छन् । कार्यक्रममा बोल्दै डस्ट्रिक चेयरमेन् समिरा ध्वजूले बोल्दै नेपाल भरिमा महिलाहरुको संख्या सबै भन्दा धेरै भएको एक मात्र यस्तो कल्ब जसले महिला र बालबालिकाको हितमा रहेर काम गर्ने गरेको बताईन । साथै ईनरह्विल क्लव अफ रुपन्देही ले समाजीक कार्यमा महत्वपुर्ण भूमिका खेलेको र यस क्लवले आज सम्म गर्दे आएको क्रियाकलाप प्रशंसनिय रहेको उल्लेख गरीन् । कार्यक्रममा संस्थापक अध्यक्ष इना कुमारी उपाध्याय, रोटरी डिष्ट्रिक ३२९२ जोन १८ का एजि राजेन्द्र ढकाल, तुल्सी घिमिरे,एजाज आलम लगायतले बोलेका थिए । कार्यक्रममा आफ्नो कार्यकालमा बिभिन्न क्षेत्रबाट आफुहरुलाई सहयोग पु¥याएको भन्दै बिभिन्न ब्यक्तिहरुलाई २०१८/१९ अध्यक्ष हेमा न्यौपानेले सम्मान तथा मायाको चिनो प्रदान गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु