ईनरह्वील रुपन्देहीद्वारा सहयोग

बुटवल, भदौ । ईनरह्वील क्लव अफ रुपन्देहीको आयोजानमा बुबाको मुख हेर्ने दिन(कुसेऔसी)मा मानव सेवा आश्रममा सहयोग गरेको छ । क्लवकी अध्यक्ष मञ्जु आचार्य घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा इनरव्हील क्लब अफ बुटवलका पूर्व अध्यक्ष सरस्वती श्रेस्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका उपाध्यक्ष कमला हमालको विशिष्ट आतिथ्यता रहेको थियो । क्लबका बोर्ड सदस्य कला रानाको संयोजकमा सचिव गीता भट्टराईकोे सञ्चालन रहेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष ईना उपाध्याय लगायतले कुशे औशीको महत्व दर्शाउदै तीजको शुभकामना दिनु भएको थियो । आश्रममा आश्रित अशक्त ब्यक्तिहरूलाई भोजन गराएर साथै उक्त ब्यक्तिहरू संग नाच गान गरी कुशे औशी तथा तीज मिलन कार्यक्रम मनाएको क्लवकी अध्यक्ष मञ्जु आचार्य घिमिरेले जानकारी दिईन् ।