add frist

उमा आलेमगरलाई सीआइएस पत्रकारिता पुरस्कार 

पोखरा । सामुदायिक सुचना समाज, पोखराद्धारा स्थापित सिआईएस पत्रकारीता पुरस्कारबाट यो बर्ष पत्रकार उमा आलेमगरलाई सम्मान गरिने भएको छ । सामुदायिक सुचना समाज, पोखराद्धारा गठन गरिएको पुरस्कार प्रतिभा छनौट समीतीको सिफारिसको आधारमा सस्थाले उमा आलेमगरलाई यो बर्षको पुरस्कार प्रदान गर्न लागेको संस्थाका अध्यक्ष दिपक आचार्यले जानकारी दिए । पुरस्कार आगामी गदौँ १४ गते शनिवार माछापुच्छ्रे गाउँपालिकामा बिषेश कार्यक्रमको आयोजना गरी राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाको हातबाट पुरस्कार प्रदान गरीने सामुदायिक सुचना समाजका सुचना अधिकारी माधव पनेरुले जानकारी दिए । पुरस्कारको राशि नगद एघार हजार एक सय एघार, सम्मानपत्र र दोसल्ला रहेको छ । आलेमगरले पोखराका करिब आधा दर्जन सञ्चार माध्यममा काम गरिसकेकी छन । २०६५ साल जेठबाट पत्रकारीतामा प्रबेश गरेकी आलेमगरले ११ बर्ष पत्रकारीतामा बिताईसकेकी छन । उनी हाल पोखराको गण्डकी टेलिभिजन, रेडियो कास्की र हेल्थ अपडेड मासिक पत्रिकामा आवद्ध छिन् ।यसअघि उक्त पुरस्कारबाट पत्रकार यदुनाथ वञ्जरा, कमल पौडेल “अथक” र प्रकाश ढकाल सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु