add frist

एकै दिन थपिए १०१६ कोरोनाका संक्रमित

काठमाडौं ।  मंगलबार देशभर कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या हालसम्मकै बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए। आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ।

विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ। विगत २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ।

यीसहित हालसम्म मृतक १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। देशभर हाल १० हजार ५ सय ६३ सक्रिय संक्रमित छन्। हालसम्म ५ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु