add frist

एटलस वेलफेयरको चौथो साधारण सभा सम्पन्न अध्यक्षमा पुन : श्रेष्ठ चयन

बुटवल,पुस । एटलस वेलफेयर अर्गनाइजेशन ले आफ्नो चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न गरेको छ । मानव सेवा नै ठुलो धर्म हो भन्ने उद्धेश्यका साथ समाजमा रहेको समस्याहरू समाधान ,बेरोजगारी न्यूनिकरण ,स्वास्थ्य क्षेत्रमा सुधार ,गरीब तथा असहाय र एकल महिलालाई तालिमहरु संचालन गरेर आत्मनिर्भर बनाउने,शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको अर्गनाइजेशनले शनिबार एक कार्यक्रम गर्दै साधारण सभा सम्पन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं. आठ का अध्यक्ष भिम बहादुर श्रेष्ठले संस्थाको सामाजिक तथा सिपमुलक कार्यमा नगरपालिका सहकार्य गर्नको लागि प्रतिबद्धता भएको बताए ।

साथै विशिष्ठ अतिथि रूपन्देही व्यापार संघका निवर्तमान अध्यक्ष पदम बहादुर श्रेष्ठले समाज परिवर्तनका लागि संस्थाको परोपकारी कार्यमा आपm्नो पनि सहकार्य रहने बताए । कार्यक्रममा प्रेमचन श्रेष्ठ, मिलन विश्वकर्मा ,पुष्पा रायमाझी लगाएतले बोलेका थिए । संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष लोक कुमारी सारुले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रम कल्पना श्रेष्ठको अध्यक्षता,उपाध्यक्ष राजेश थैवको स्वागत तथा सह सचिब मधु ढकालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाकी सदस्य अन्जु श्रेष्ठ एबम डा.गोपाल श्रेष्ठ को सुपुत्री अनुस्का श्रेष्ठले २०७५ सालको एस.ई.ई. परिक्षामा उत्कृष्ट नतिजा अर्थात ४ जि.पि.ए ल्याएकोमा सम्मान गरिएको थियो ।

यसैविच सधारण सभा तथा अधिवेसनबाट अध्यक्षमा सर्वसहमत कल्पना श्रेष्ठ चयन भएकी छन् । राजेश थैव (वरिष्ठ उपाध्यक्ष),सुमेरु कसजु (उपाध्यक्ष), मधु ढकाल (सचिव),सपना खनाल (सह सचिव), लोक कुमारी सारु (कोषाध्यक्ष) चयन भएका छन् । सदस्यहरुमा प्रेमचन श्रेष्ठ,मिलन विश्वकर्मा,जोगमाया श्रेष्ठ ,पुष्पा रायमाझी र बिष्णु प्रसाद पन्त चयन भएका छन् । साथै लेखा समिति संयोजकमा जिवन बुढाथोकी र सदस्यहरूमा विश्व गहतराज र पुष्पा पोखरेल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु