एसइइ परीक्षा स्थगन

काठमाण्डौ। सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो । (रासस)