add frist

कानुनले मात्रै भ्रष्टाचारको नियन्त्रण हुदैन

बुटवल,भदौ । कानुनले मात्रै भ्रष्टाचारको नियन्त्रण  हुन नसक्ने प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बताएका छ्न । सामाजिक बिकास बिना भ्रस्टाचार नियन्त्रण हुन नसक्ने भन्दै नैतिकता युक्त समाज निर्माण गरेर मात्र भ्रष्टाचार नियन्त्रण गर्नका लागि निर्माण भएका कानुन कार्यन्वयन गर्न जरुरी रहेको बताए ।

राष्ट्रिय सभा बिधायन समिती र नेपाल कानून समाज प्रदेश ५ को संयुक्त आयोजनमा सोमबार सम्पन्न भ्रष्टाचार निवारण ऐन २०५९ को संसोधन बिधयेकका बिषयलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

सामाजिक चेतना र सहि कानुनको शसक्त सम्यन्त्र बनाइ निजि क्षेत्रलाई समेत समेटेर अनुसन्धान गर्नु पर्छ ,उनले भने।

प्रदेश सभा सदस्य, प्रदेश न ५ का १२जिल्लाका प्रमुख जिल्ला अधिकारिहरु, अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख , स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख, , विभिन्न संघ सस्था , कानुन ब्यावसायी, शिक्षक, राजनीतिकदल, निर्माण ब्यावसायी, र पत्रकारहरु सहभागी भएको कार्यक्रममा भ्रस्टाचार निवारण ऐन २०५९ र प्रस्तावित संशोधन बिधेयकका विषयमा कार्यपत्र प्रस्तुत गर्दै बिश्लेसक रमेश लेखक, बिधायन समितिका सभापती पर्शुराम मेघीले ऐनमा भएका भ्रष्टाचारका विषयमा जानकारी गराएका थिए । कार्यपत्र प्रस्तुत कर्ता लेखक र मेघिले भ्रष्टाचार सम्बन्धि मुद्दाको हद म्याद, बिधेयक, भ्रष्टाचार नियन्त्रण , बिधायन समितिमा भएका कामका बारेमा बताए । अर्का कार्यपत्र प्रस्तुत कर्ता टिकाराम भट्टराईले भ्रष्टाचार राजनीति संरक्षण,दलिय सरकार , नितिगत भ्रष्टाचारले पनि भ्रस्टाचार मौलाउदै गएको बताए ।

बिधायन समिति प्रदेश ५ का सभापति दामाकुमारी शर्माले प्रदेश ५ मा शुसासन ऐन निर्माण गरेको बताउदै भ्रस्टाचार रोक्न ऐनले मात्रै प्रयाप्त नहुने बताइन । उनी भन्छिन (, नागरिक तह बाट भ्रष्टाचार गर्नुहुदैन भन्ने बानीको बिकास हुदैन तवसम्म यो नियन्त्रण बाहिर हुन्छ । कार्यक्रममा प्रदेश ५ प्रदेश सभा सदस्य दिपा बिक , प्रदेश सभा सदस्य तिलक राम शर्मा ,मानव अधिकार आयोग प्रदेश ५ प्रमुख सम्झना शर्मा , तेस्रो लिङ्गी अधिकारकर्मी आनिक राना,गै स स रुपन्देही अध्यक्ष रिमा बी सी , सिदार्थनगर पालिका उप प्रमुख उमा काफ्ले , नेपालगन्ज उपमहानगर उप प्रमुख उमा थापा मगरले बोल्दै सार्बजनिक कार्यलयमा मात्रै भ्रष्टाचार नभएर हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको औल्याउँदै यसको नियन्त्रणमा समाजका हरेक ब्यक्तिले नैतिक आचरणमा रहेर काम गर्नुपर्नेमा जोड दिएका थिए । प्रदेश ५ का प्रदेश सभा सदस्यप्रदेश न ५ का १२ ओटा जिल्लाको प्रतिनिधित्व गर्दै करिब २० जना सहभागीहरुले भ्रष्टाचार नियन्त्रणमा प्रयास र पहलका विषयमा बोलेका थिए ।

कार्यक्रमको संचालन नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले गरेका थिए ।
कार्यक्रम प्रदेश न। ६ , ७ ,५ ,हुदै क्रमिक रुपमा ७ वटै प्रदेशमा संचालन हुने नेपाल कानुन समाज प्रदेश ५ प्रमुख हेमा न्यौपानेले जानकारी दिइन । कार्यक्रममा १०० जनाको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु