कानुन निर्माण गर्दा सम्बन्धित क्षेत्रका नागरिक संग छलफल गर्नुपर्ने सरोकारवालाको जोड

बुटवल, नेपाल कानुन समाजद्वारा सञ्चालित नागरिक संवाद कार्यक्रम सनिबार बुटवलमा सम्पन्न भएको छ । संघ, प्रदेश र स्थानियतहले सम्बन्धित सरोकारवालाहरु संग छलफल गरि कानुन निर्माण गर्दा समाजको तल्लोतहका नागरिकका पनि अधिकार समेटीन सक्ने कार्यक्रममा सहभागीहरूको भनाई छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश ५ प्रदेश सभाका सदस्य थानकुमारी थापाले बाहिर बाट बोल्न र भित्र प्रक्रियामा पुगेर काम गर्नमा अन्तर भएको बताइन । उनले एउटा कानुन निर्माण गर्न कम्तीमा पनि २ महिना लाग्ने भन्दै कानुन निर्माण प्रक्रिया ढिलो भएको बताइन ।
उनले अहिले नीति तथा कार्यक्रम प्रस्तुत भएको बताउदै निति तथा कार्यक्रममा धेरै कुरा समेटिएकोे बताइन् । नेपाल कानुनका सदस्य अधिबतmा कमल प्रसाद मलेगोले सबै नागरिकका हक अधिकार समेटिने गरि कानुन निर्माण हुनुपर्ने बताए । उनले प्रेस काउन्सिल बिधेयकको उदारहण दिदै सम्बन्धित ब्यतmीलाई छंलफलमा बोलाउदा त्यस्ता समस्याको चुरो थाहा हुने र कानुन निर्माणमा सहज हुने बताए । कार्यक्रममा नागरिक संबाद केन्द्र प्रदेश ५ बुटवलका प्रमुख हेमा न्यौपानेले संवाद केन्द्रले आगामी दिनमा पनि सरोकारवाला संग छलफल गरि कानुन निर्माणमा सहयोग पुर्याउने बताइन । कार्यक्रममा तेसा्रे लिङगी आनिक राना, अधिबतmा बाबुराम पाण्डे,नागरिक संवाद केन्द्रका खुमा न्यौपाने,बुटवल उपमहानगर पालिकाका वडा नं ४ का वडा अध्यक्ष टंक पराजुली , बडा सदस्य चन्दा गौतम , लगायतले बोल्दै कानुन निर्माणमा जनसहभागिताको आबश्यकताका बारेमा औल्याएका थिए ।