add frist

कालिज र भरुवा बन्दुकसहित ५ जना पक्राउ

पोखरा म्याग्दी जिल्लाबाट प्रहरीले एक थान भरुवा बन्दक र मरेका २ कालिजसहित ५ जनालाई पक्राउ गरेको छ ।

बेनी नगरपालिका-४ थामडाँडा स्थित अर्जेखोलाको जंगलमा वन्यजन्त चोरी सिकार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दी जिल्ला बेनी नगरपालिका-४ थामडाँडा निवासी ३६ वर्षीय सकबहादुर गुरुङ, २१ वर्षीय संजय गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय संदीप गुरुङ र ४९ वर्षीय पूर्ण गुरुङ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले एक नाले भरुवा बन्दुक एक थान सहित मरेका २ वटा कालिज बरामद गरेको म्याग्दी प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जनामाथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु