वल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार हालसम्म ४ लाख २१ हजार ४ सय १३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये १८ हजार ८ सय १० जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ८८ जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्किएका छन्।
अहिले विश्वका विभिन्न देश तथ भूभागमा कोरोना भाइरसका २ लाख ९४ हजार २ सय १५ जना संक्रमित उपचाररत छन्। यीमध्ये २ लाख ८० हजार ९ सय ४६ (९५ प्रतिशत)को अवस्था सामान्य छ भने १३ हजार २ सय ६९ (५ प्रतिशत)को अवस्था गम्भीर रहेको छ।
हालसम्म कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित चीनमा देखिएका छन् भने मृत्यु इटालीमा भएको छ। चीनमा पछिल्लो समय कोरना संक्रमितको संख्या घट्दै गएको छ। युरोप, अमेरिका र खाडी राष्ट्रहरुमा कोरोना भाइरस तीव्ररुपमा फैलिरहेको छ। नेपालमा पनि हालसम्म कोरोनाका दुई जना संक्रमित भेटिएका छन्, जसमध्ये एकलाई निको भइसकेको छ भने अर्को एकजनाको अहिले उपचार भइररहेको छ।
कोरोना भाइरस पहिलो पटक देखिएयताको तीन महिनामा चीनमा यो भाइरस संक्रमितको संख्या ८१ हजार १ सय ७१ पुगेको छ, जसमध्ये ३ हजार २ सय ७७ जनाको मृत्यु भइसकेको छ।
इटालीमा हालसम्मा कोरोना भाइरसबाट ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन्। यीमध्ये ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ। अमेरिकामा ५३ हजार ६ सय ५५ जनाको कोरोना भाइरस देखिएको छ, जसमध्ये ६ सय ९८ जनाको मृत्यु भएको छ।
स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ५८ रहेको छ। यीमध्ये २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ। जर्मनीमा ३२ हजार ९ सय ९१ जनामा कोरोना भाइरस देखिएको छ, जसमध्ये १ सय ५९ जनाको मात्र मृत्यु भएको छ।
यस्तै, हालसम्म इरानमा २४ हजार ८ सय ११ जनामा कोरोना संक्रमण देखिएकोमा १ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा २२ हजार ३ सय ४ जनामा देखिएकोमा १ हजार १ सय जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्याङ्कअनुसार स्वीट्जरल्याण्डमा ९ हजार ८ सय ७७, दक्षिण कोरियामा ९ हजार ३७, बेलायतमा ८ हजार ७७, नेदरल्याण्ड्समा ५ हजार ५ सय ६०, अष्ट्रियामा ५ हजार २ सय ८३, बेल्जियममा ४ हजार २ सय ६९, नर्वेमा २ हजार ८ सय ६६, क्यानाडामा २ हजार ७ सय ९२, पोर्चुगलमा २ हजार ३ सय १७ जना र अष्ट्रेलियामा २ हजार ३ सय १३ जनामा कोरोनाको संक्रमण भएको पुष्टी भएको छ । बाँकी संक्रमित अन्य देशमा रहेका छन्।