add frist

कृषि क्षेत्रमा आधुनिकता संगै भएको विकास

कुनै समय कृषि पेशा लाई बहुत जटिल तरिकाले  कृषकहरुले खेतिपाति गरेको पाइन्थ्यो। रोजगारको लागी भनेर तेतिबेला  बाहिर बिदेश जाने युवाहरु संख्या कमै हुने गर्थ्यो । किन कि उ बेला सबैले कृषि पेशालाइ ब्यवसायिक रूपमा चलाउथे । घरखर्च सबै जुटाउन भएपनि उनिहरु कृषि पेसालाई नै प्राथमिकता दिने गर्थे । कडा मेहनतका साथ दु:ख गरेर  अन्नबालि राम्रै उब्जिने भएकोले उतिबेला भोकमरीको खासै समस्या देखिदैनथ्यो । कुनै समय घरपरिवार सबै मिलेर पैसा को लागि कठोर  मेहनत गरि त्यो खेतिपातीकै भर बाट  छोराछोरी हरुलाइ पढाउनुका साथै घर खर्च  चलाउने गरिन्थ्यो ।

प्रबिधिको बिकास संगै कतिपय क्षेत्रमा कृषि पेसा एकदमै सस्तो हुन पुगेको पाइन्छ।जुन कुराको हाम्रो समाजले अझै पनि महत्त्व बुझन सकेको छैन ।
हाम्रो देश नेपालका हरेक  भुभागका युवाहरू
कृषि बिषयलाई लिएर अध्यन गरिरहेकाछन भने कृषि पेशा सम्बन्धि हरेक किसिमका सिपमुलक तालिम हरु लिइरहेकाछन। पहिले पढेलेखेकाहरूले जागिर खानुपर्छ कृषिमा अल्झिनु हुँदैन भन्ने भनाइ थियो, भने हाल त्यो कुरा पूरै परिवर्तन भएको छ । जसले कलेज पढ्ने विद्यार्थी पनि कृषितर्फ आकर्षित भएका छन् । तेहि आधुनिकताको प्रभावले गर्दा मानिसहरु आफनै बारिमा नयाँ नंया तरिकाले खेती गरिरहेका छन त कतिपयले भाडामा जग्गा लिएर भएपनि  खेति सन्चालन गरिरहेकाछन ।  वर्तमान अवस्थामा कृषि पेशामा युवाहरूको आकर्षक निकै बढ्दै गइरहेको छ ।कृषि क्षेत्रमा बढेको आधुनिकता संगै कृषिमा विकास बढिरहेको छ ।

परम्परागत हलगोरुबाट खेतीपाती गर्दै आएका  किसानहरूले यसलाई परिवर्तन गरि कृषियन्त्र उपकरण प्रयोग गरेर खेतीपाती गर्न थालेका छन्।
किसानहरूले खेतबारी जोताउन पावर टिलर, हाते ट्रयाक्टर, धान रोपाइँ मेसिनदेखि बाली भित्रयाउनसमेत कृषि उपकरणकै प्रयोग गर्न थालेको  छन्।
कृषि उपकरण प्रयोग गर्न थालेपछि खेतीपातीका लागि किसानहरूलाई सहज पनि भएको छ भने  उब्जाएको बाली व्यवस्थापन गर्न कडा परिश्रम र समयको पनि बचत भएको उनीहरूले बताएका छन्।
कृषिमा भएको यही आधुनिकताले गर्दा युवाहरुमा एउटा नकारात्मक सोच परिवर्तन भएर सकारात्मक सोच आएको छ । बिदेश नगइ नेपाल मै केही गर्छु भन्दै जागरुक भएको पाइन्छ । परम्परागत मौलिकता सगै कृषि पेसा लोभ नहुन कृषि पेसामा  सकारात्मक उर्जा संगै अहिले नेपाल मा कृषि पढाइ एकदमै महत्त्वपूर्ण बिषय बनेको पाइन्छ । जस बाट नेपाल मा विकास संगै युवाहरु बिदेश पलायन हुन कम भएको पाइन्छ ।

कृषि प्राविधिक,पोखरा १३

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु