कोरोना भाइरसः इटाली, स्पेन र फ्रान्समा एकैदिन उच्च मृत्यु रेकर्ड
लन्डन, चैत। तीन युरोपेली मुलुक इटाली, स्पेन र फ्रान्समा एकैदिन कोरोनाभाइरसको संक्रमणबाट मर्नेको उच्च संख्या मापन भएको छ।
स्पेनमा एकैदिन ३६८ जनाले ज्यान गुमाउँदा, स्पेन र फ्रान्समा क्रमशः ९७ र २९ जनाको ज्यान गएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ।
योसँगै कोरोना भाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ भने स्पेनमा २८८ र फ्रान्समा १२० पुगेको छ।
यसैगरी बेलायतमा एकै दिनमा कोरोनाभाइरसको संक्रमणबाट धेरै जनाको ज्यान गएको छ। बेलायतमा एकैदिन यसबाट १४ जनाको मृत्यु भएको छ।
पछिल्लो विवरण अनुसार स्विजरल्याण्ड संक्रमितको संख्या ८ सयबाट बढेर २४ घण्टामा २२ सय पुगेको छ। त्यहाँ हालसम्म १४ जनाको ज्यान गइसकेको छ।
यस्तै संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटालीमा संक्रमितको संख्या २४ हजार ७ सय ४७ पुगेको छ भने स्पेनमा यो संख्या ७ हजार ७ सय ५३ र फ्रान्समा ५ हजार ४ पुगेको छ।
चीनपछि पछिल्लो समय कोरोनाभाइरसबाट युरोपेली मुलुकहरू आक्रान्त बनिरहेका छन्।यसको रोकथामका लागि उनीहरूले कडा उपायहरू अपनाइरहेका छन्।
यसै अन्तरगत जर्मनीले फ्रान्स, स्वीटजरल्याण्ड, अस्ट्रिया, डेनमार्क र लक्जेम्वर्गसँगका आफ्ना सीमानाकाहरूमा थप कडाइ गर्ने भएको छ भने पोर्चुगलले पनि स्पेनसँगको आफ्नो सीमा थप कडाइ गर्ने भएको छ।
कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै हाल युरोपभरका विद्यालयहरू बन्द गरिएका छन्।यस्तै अष्ट्रियाले पाँच भन्दा बढी व्यक्तीहरूलाई एकसाथ जमघट गर्न रोक लगाएको छ।
कोरोनाभाइरसको सम्बन्धी पछिल्लो विश्व विवरण अनुसार संसारभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६२ हजार ६ सय ८७ पुगेको छ जसमा आधा संख्या चीनको९८१,००३० को रहेको छ भने ६ हजार ६५ जनाको ज्यान गएको छ । एजेन्सी