add frist

क्यानसर सचेतना कार्यक्रम सम्पन्न

बुटवल,पुस । ईनरह्वील क्लव अफ रुपन्देहीले क्यानसर सचेतना कार्यक्रम सम्पन्न गरेको छ । क्लवकी अध्यक्ष मञ्जु आचार्य घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विषेशज्ञ डाक्टर सुदीप श्रेस्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष रो.तुल्सी घिमिरे र नेपाल क्यान्सर अस्पतालका डाईरेक्टर स्वरूपा श्रेस्ठ को विशिष्ट आतिथ्यता रहेको थियो ।

क्लबका उपाध्यक्ष उमा अर्याल ढकालको संयोजकमा सचिव गीता भट्टराईकोे सञ्चालन रहेको कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विषेशज्ञ डाक्टर सुदीप श्रेस्ठले प्रशिक्षण दिएका थिए । कार्यक्रमा रोट्रयाक्ट क्लब अफ रामापिथेकस, रोट्रयाक्ट क्लब अफ डाउनटाउन, रोट्रयाक्ट क्लब अफ सिनर्जी लगायका विभिन्न क्लबहरु लगाएत सर्वसाधारणहरूको सहभागिता रहेको थियो । यस क्लबले स्थापना कालदेखि नै सामाजिक कार्यहरु गर्दै आएको र अनाथ,असाहय,अपाङ्ग र वृद्ववृद्वालाई सकेसम्मको सहयोग गर्दे आएको संस्थाकी अध्यक्ष मञ्जु आचार्य घिमिरेले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु