add frist

गणतन्त्र दिवसमा टेलिकमले आकर्षक अफर दिने

वैशाख, काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यो अफर टेलिकमका ग्राहकले ५० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् । टेलिकमका अनुसार ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाईस कल र एक सय वटा एसएमएस गर्न सकिने छ । यो सेवा जेठ १४ देखि १६ गतेसम्म लिन सकिने छ । यो सेवा लिएको दिनबाट सात दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमले ल्याएको विभिन्न योजना मध्ये यो अहिलेसम्मको सर्वा्धिक सस्तो योजना भएको बताइएको छ । ग्राहकले यो सेवा लिनका लागिग ८१४१५३ डायल गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु