add frist

गरिमा बैंकका एक कर्मचारीमा कोरोना पुष्टि

बुटवल । रुपन्देहीको देवदहमा रहेको बैंकका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । देवदहको खैरेनीमा रहेको गरिमा विकास बैंकका एक कर्मचारीमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बैकमा कार्यरत उनलाइ केहीदिन अगाडि देखि ज्वरो आएको, खोकी लागेकोले लुम्विनी प्रादेशिक अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण भएको खबर आउने बित्तिकै बैंकलाई सिल गरिएको देवदह नगरपालिकाका उप प्रमुख विद्या लक्ष्मी गुरुङले बताइन ।

कोरोना भाइरसको संक्रमण देखिएपछि बैंकका सबै कर्मचारीको पिसिआर टेष्ट गरिने गुरुङले बताइन ।

त्यसका लागि अहिले देवदह नगरपालिकाको कार्यपालिकाको बैठक बसिरहेको छ । बैकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु