गरीब,दुःखि ,अशक्तहरूलाई सहयोग गरी तिज मनाउँदै छु ।

लामो समय देखि सामाजिक सेवामा समर्पित एक कर्मठ व्यक्ति हुन् मञ्जु आर्चाय घिमिरे । ०७३ सालमा ईनरव्हिल क्लव अफ रुपन्देहीमा संस्थापक सचिवको रूपमा प्रवेश गर्नुभएकी घिमिरे हाल वर्ष २०१९/२० को अध्यक्ष हुनुहुन्छ । बिबिध बिषयमा मञ्जु आर्चाय घिमिरे सँग सत्यदीप सन्देशका बसन्तराज बराल ले गरेका कुराकानीको सम्पादित अंशः
१.सामाजिक क्षेत्रमा कहिले र कसरी प्रवेश गर्नुभयो ?
म इनरव्हल क्लब अफ रूपन्देहीमा २०७३ साल प्रवेश गरेको हुँ । संस्थापक सचिवको रूपमा प्रवेश गरे र मेरो श्रीमान रोटरीयन भएको कारण उहाँ प्रेरणा गर्दा पनि यो क्षेत्रमा लागेको हुँ ।
२. सामाजिक क्षेत्रमा लागेर के पाए र के गुमाए भन्ने लाग्छ ?
स्वार्थ भन्दा माथी सेवा भन्ने भाव लिएर अगाडि बढेको संस्थामा लागेर मैले गुमाएको केही पनि छैन तर मायाँ ममता इज्जत साथै नाम पाउन सफल भएको छु ।
३. यस क्षेत्रमा लागेपछि सम्झन लायक क्षण केही भयो कि ?
हरेक क्षण सम्झन लाएक बनेको महशुस हुन्छ । किनकि गरीब दुःख,असाय,अपाङ्ग लगाएत विभिन्न खालको व्यक्तिहरूको पिडालाई बुझ्ने अवसर मिलेको छ । त्यसै कारण मेरो हरेक क्षण सम्झन लाएक नै बनेको छ ।
४.भावी योजना के छ ?
म ईनरव्हल क्लब अफ रूपन्देहीमा म अध्यक्ष भईरहदाँ जति सक्दो महिला तथा बालबालिका लगाएत दुःख,असाय,अपाङ्ग व्यक्तिको घाउमा मलम लगाउने मन छ ।
५ .समाजमा युवालाई कसरी परिचालित गर्नुपर्दछ भन्ने लाग्छ ?
समाजमा जति पनि युवा जनशक्ती एउटा जनचेतना बृद्धि गर्ने,युवाहरू सशक्त रूपमा बढ्न प्रेरित गरी सही तरिकाबाट परीचालित गर्न सकिन्छ ।
६.तीज कस्तो पर्व हो ?
तिज एउटा साँस्कृतिक मौलिक परम्परागत रूपबाट मनाउँदै आएको पर्व हो । बिशेषत यो हिन्दु धर्मावलम्वीमा आधारीत पर्वको रूपमा चिनिन्छ ।
७. तिजमा देखिएको विकृतिलाई अन्त्य गर्न के गर्नुपर्ला ?
ज्तिपनि तिजमा देखिएको विकृति विसंगति छ त्यसलाई हामि आफैबाट परिवर्तन हुनु जरूरी छ । किनकि व्यक्ति आफै चेतनशिल प्राणी हो तसर्थ हामी आफै सकरात्मक ढङ्गबाट परिवर्तन हुनसक्छौ तबमात्र समाजमा गित संगितमा देखा परेका विकृतिहरू लाई परिवर्तन गर्न सक्छौ ।
८.पुराना तिज गीत र नयाँ तिज गितमा के फरक पाउनु भयो ?
पुराना तिज गित भनेको मौलिक लोक लयमा आधारित गितहरू थिए साथ–साथै विभिन्न किसिमका दुःख वेदनाका गितहरू समावेश हुन्थे भने समयको परिवर्तन संगै आजभोली आधुनिक शैलिमा गितहरू आईरहेका छन् । साथ–साथै ऐलेको अवस्थामा मानिसहरू धेरै सचेत भैसकेको कारण दुःख पिर वेदनाका हराइसकेका त्यो एउटा खुसीको पक्ष पनि हो ।
९.अन्तमा केही भन्नुहुन्छ की ?
अन्तमा हिन्दु नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको सवैलाई हार्दिक शुभकामना साथै यो तिजमा धेरै तड्क भडक नगरी मनाउनुहोला साथै अनावश्वक खर्च नगर्नुहोला र गरीब,दुःखि ,अशक्तहरूलाई पनि सहयोग गरीदिनुहोला भन्न चाहन्छु ।