add frist

गुल्मीमा दुई स्थानिय तह मासुमा  आत्मनिर्भर

असार, गुल्मी। गुल्मीका सत्यवती र धुर्कोट गाउँपालिका मासुमा आत्मनिर्भर बनेका छन् । मासु र दूधमा परनिर्भर रहेको सत्यवती गाउँपालिका अहिले भने एक ट्रक खसीबोका निर्यात गर्न सक्ने क्षमतामा पुगेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताएका छन् । उनले गाउँपालिकाले व्यवस्थित तरिकाले व्यवसाय गर्नेलाई समूह बनाएर अनुदानको व्यवस्था समेत गरेको बताएका छन् । मासु बिक्री बितरणलाई सहज बनाउन र तौलको विशिष्टीकरण गर्न डिजिटल तराजु पनि कृषकलाई वितरण गरिएको ढकालले बताएका छन् । साथै बाख्रापालन व्यवसाय विस्तारका लागि बोयर बोका बितरण गरिएको बताएका छन् । मासुमा मात्र नभई गाउँपालिका दूधमा पनि आत्मनिर्भर हुँदै आएको ढकालको भनाई छ । हाल दैनिक सय लिटर दूध निर्यात हुन थालेको उनले बताएका छन् । धुर्कोट गाउँपालिकामा पनि आवश्यक मासुको व्यवस्थापनसँगै बाहिरसमेत निर्यात हुन थालेपछि मासुमा आत्मनिर्भर भएको घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष शिव केसीले बताएका छन् । बोका,खसी र कुखुराको मासुमा आत्मनिर्भर भएपछि प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले असार १७ गते मासुमा आत्मनिर्भर धुर्कोट गाउँपालिका भनेर घोषणा गरेकी थिइन् । सबै वडाबाट समूह तथा सहकारीमार्फत यो वर्षमा करिब १७ सय खसीबोका तम्घास र बुटबल निर्यात गरेको उपाध्यक्ष केसीले बताएका छन् । केसीका अनुसार हाल धुर्कोट गाउँपालिकामा ४ सय ३३.८१ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । आब २०७५।७६मा गाउँपालिकामा १८ सय १८ किलोको खसी बोका बिक्री गरि ७ लाख २५ हजार रूपैयाँ किसानले आम्दानी गरेका छन् । धुर्कोट गाउँपालिकाले सबै वडामा बाख्रापालन कार्यक्रम सञ्चालन गरी खोर सुधार, बोका वितरण, मासु पसल सुधार, घाँसका बीउ बेर्ना वितरण, गाईभैंसीमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरेको छ । हाल गाउँपालिकाभित्र ६४ वटा बाख्रा फार्म, २१ वटा कुखुरापालन फार्म, सात वटा मासु पसल, छ वटा गाईभैंसी पालन फार्म रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु