add frist

गृहपृष्ठ गुल्मी समाज पोर्चुगलले गर्यो एक दिने भ्रमण

गुल्मी समाज पोर्चुगलले गर्यो एक दिने भ्रमण

पोर्चुगल। स्थापनाकालदेखि रचनात्मक एबम श्रीजनात्मक कार्य गर्दै आइरहेको गुल्मी समाज पोर्चुगलले गुल्मिबासी अलवा हरेक जनमानसमा रङ्गिन छाप छोडन सफल भएको देखिन्छ।तदकार्यलाइ निरन्तरता दिदै पोर्चुगलका विभिन्न ठाउहरुको हिजो अबलोकन भ्रमण गरेको थियो। भ्रमणका क्रममा आल्बुफेइरा,लागोस,साग्रेस र प्रतिमाओ लगायतका ठाउहरुको अबलोकन गरिएको थियो। ।खासगरि पोर्चुगलको बाताबरण ,परिवेश र प्रयटन बिकासको पद्धतिलाई अबलोकन गरि विशेष जानकारी लिने उद्देश्यले भ्रमण गरिएको बताइको छ। त्यसै अबसरमा अध्यक्ष युबराज पन्थिले भ्रमण माध्यममार्फत समाजका हरेक सदस्यलाइ प्रयटन बिकाशको तौरतरिका,बाताबरणिय सम्रचनाको सन्दर्भमा अध्यनको अबसर प्राप्त भएको र उक्त ज्ञान् नेपालको प्रयटन प्रबर्द्धनमा पनि सन्चार हुने बिस्वास बेक्त गरे।त्यसैगरी बरिस्ठ उपाध्यक्ष अमृत रिजालले भ्रमण समाजमा सकारात्मक बिकास प्रबाहमा कोशेढुङ्गा साबित हुने बताए।भ्रमणकै अबसरमा नेपाली लोक गीतका भाकाहरु प्रस्तुत गरि नाचगान समेत गरिएको थियो भने उक्त कार्यले नेपालको सस्कृती र परम्परालाई उजागर गर्न समाजले विशेष भुमिका खेलेको झल्किन्थ्यो।आगामी दिनमा पनि गुल्मी समाजले रचनात्मक कार्यहरूलाई निरन्तरता दिने बरिस्ठ उपाध्यक्ष रिजालको कथन थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु