गृहपृष्ठ घोराही वडानम्वर–१६ मा सात जनाको उम्मेदवारी दर्ता
घोराही वडानम्वर–१६ मा सात जनाको उम्मेदवारी दर्ता

दाङ, कार्तिक । आगामी मङ्सिर १४ गतेको उपनिर्वाचन नजिकिदै गर्दा दाङको घोराही उपमहानगरपालिका वडानम्वर–१६ को वडाध्यक्ष पदका लागि सात जनाले मनोनयन दर्ता गराएका छन् । आउँदो मंसिर १४ गते हुने उप निर्वाचनका लागि घोराही–१६ मा सात जनाले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जिल्लामा क्रियाशील विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जनाले मनोनयन दर्ता गराएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसबाट ताराबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट सुरेशबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाश केसी, समाजवादी पार्टीबाट बिमला पुन, मंगोल नेशनल अर्गनाइजेशनबाट पहलमान आले मगर, स्वतन्त्रबाट जगलाल चौधरी र समिर ओलीले मनोनयन दर्ता गराएको जानकारी दिए ।