add frist

जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पाल्पा, जेठ १७ । पाल्पा सोमादी सम्पर्क समाज रुपन्देहीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बिहीबार पाल्पा सोमादी सम्पर्क समाज रुपन्देहीको आयोजनामा पाल्पाको रैनादेवी छहरा –२ मा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरीएको हो । उक्त संस्थाले विद्यालयहरुको सिफारीसमा भगवति आधारभूत विद्यालय दिगाम,मछिन्द्रादेवी आधारभूत विद्यालय सोमादी,विन्दवासीनी प्रा.वि. कोकलधारा,गंगा मा.वि. तान्सिंगल,भगवति मा.वि.रैनादेवी–२ सर्देवा,भवानी आधारभूत प्रा.वि.नुनथलामा अध्ययनरत तिस जना गरीव तथा जेहेन्दार छात्र–छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेको हो । संथाले सवै शिक्षकलाई डायरी समेत उपलव्ध गराएको थियो । कार्यक्रमका विशिष्ट अथिति श्रीकृष्ण पोखरेलले यस क्षेत्रमा रहेका ५ वटा विद्यालयका ५ जना विद्यार्थीलाई अध्ययनको लागि खाजा खर्च सहिता सम्र्पूण खर्चको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । संस्थाका अध्यक्ष पारसमणी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अथिति भोज वहादुर वुढाथोकी,जिवलाल पोखरेल,ठाकुर नेपाल,मोहनीलाल पोखरेल,विर वहादुर पोखरेल,यमवहादुर राउत, भगवति आधारभुत विद्यालयका प्र.अ.अच्युतराज पौडेल, गंगा मा.वि. का प्र.अ.नारायण प्रसाद पोखरेल,रमेस भण्डारी, केसव पोखरेल, रामप्रसाद पोखरेल,जमुना थापा दर्लामी,रामचन्द्र पोखरेल,शंकर घर्ति,राजु नेपाल,गोकुल भण्डारी लगायतको सहभागीता थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव रुद्र ज्ञवाली गरेका थियो । गरीवकै कारणले शिक्षावाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले शैक्षिक सामाग्री प्रदान गरेको सम्पर्क समाजका अध्यक्ष पारसमणी पोखरेल बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु