add frist

गृहपृष्ठ ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा 

ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा 

भदौ, काठमाडौं । अभद्र व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ । नेपालगञ्ज विमानस्थलमा शनिबार भएको अभद्र व्यवहार र पर्यटनमन्त्री योगेश मन्त्री भट्टराईमाथि विमानभित्रै भएको गालीगलौजबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको छ । पक्राउ पुर्जी दिँदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु