add frist

झ्यालबाट हाम फालेर एक जना व्यक्तिको मुत्यु

असार ,गुल्मी। जिल्लाको मुसिकोट नगरपालिकामा घरको झ्यालबाट हाम्फाल्ने क्रममा लडेर एक पुरुषको ज्यान गएको छ । गुल्मीको मालिका गाउँपालिका १ नेटा घर भई हाल मुसिकोट नगरपालिका ७ वामीटक्सारमा डेरा गरि बस्ने ३३ वर्षीय हिमाल घर्तीको सोही डेरा नजिकैको एक घरको झ्यालबाट हाम्फालेर ज्यान गएको छ । शनिबार राती झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका घर्तिलाई लुम्बिनी मेडिकल कलेज वामी शाखामा उपचार हुन नसकेपछि थप उपचारका लागि सदरमुकाम तम्घास ल्याउने क्रममा बीच बाटोमै आइतबार बिहान साढे ६ बजे मृत्यु भएको हो । स्थानीय बासीका अनुसार शनिबार राती घर्ती डेरा नजिकै अन्य कसैको घरमा बस्न गएका थिए । परस्त्रीगमनको आशंका लागेर घर्तिकी श्रीमतीले उनी बसेको घरको बाहिरबाट ढोका लगाई दिएपछि आत्तिएर भाग्न खोज्दा घर्ती सोही घरको झ्यालबाट खसेर गम्भीर घाइते भएका थिए । उनको अहिले पोष्मार्टम गरि परिवारलाई शव बुझाउने प्रकृया चलिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु