add frist

“टिकटक“ गीतले ततायो बजार (भिडियो सहित )

फागुन,बुटवल । चर्चित लोकदोहोरी गायक बसन्त लम्साल र गायिका अनिता मगर ,कृष्ण थापाको नयाँ गीति एल्बम “टिकटक“ बजारमा सार्वजनिक भए लगत्तै अत्यन्तै चर्चा कमाउन सफल भएको छ ।

अर्घाखाँची जस्तो पहाडी जिल्लामा जन्मेका चर्चित गायक बसन्त लम्साल पछिल्लो समयमा लोकदोहोरि क्षेत्रमा दर्शक श्रोता हरु बाट अत्यन्तै चर्चा कमाउन सफल भएका छन् । गायक लम्सालले आज सम्म झन्डै ५ दर्जन गीति एल्बम बजारमा सार्वजनिक गरेका छन ।

सुमधुर स्वरका धनि लम्सालले पछिल्लो समय बजारमा ल्याएका , “रबि लामी छाने “ बिष्णु माझि संग गएको गीति एल्बल “मृत्यु दण्ड “ बिछोडको घाँउ “जिउँदै श्रद्धाञ्जली न देउ आत्मालाई “ हाम्रो प्यारो अर्घाखाँची “ लगायत दर्जनौ अन्य तिज गितहरुले उनलाई लोकसंगीत क्षेत्रमा गायक बसन्त लम्साल भनेर चिनाउन सफल भएका थिए ।

यी गीति एल्बमहरुलाइ दर्शक श्रोताहरुले भरपुर माया दिएको युट्युब च्यानलमा देख्न सकिन्छ । गायक लम्साल पछिल्लो समयमा देश बिदेशमा हुने सांस्कृतिक कार्यक्रम र मेला महोत्सवमा एक व्यस्त गायक को रुपमा देखिन्छन ।

भर्खरै मात्र बजारमा सार्वजनिक भएको “टिकटक“ गीति एल्बममा शब्द संकलन कृष्ण थापाको रहेको छ भने संगीत स्वयं लम्साले भरेका छन । यस गीतको उत्पादक वितरक अर्घादरवार फिलिम्स प्रालिले गरेको छ भने अर्घाखाँचीमा जन्मेर पछिल्लो समयमा लोकसंगीत क्षेत्रमा एरेन्जरको रुपमा चर्चा कमाउन सफल आफैमा सर्जक ,कम्पोजर , गायक बिश्वास नेपालले एरेन्ज गरेका छन् ।

टिकटक एल्बको निर्देशन ,कोरियोग्राफर काजिश श्रेष्ठको रहेको छ भने छायांकनरड्रोनाम सागर गौतम ,सम्पादन रकलर दिपक बिष्ट र दृश्य निर्माण अर्घादरवार फिलिम्स प्रालिले गरेको छ । गीतमा मोडल सज्जन बोहोरा र करिश्मा ढकालको उत्कृष्ट अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु