ठुलो मात्रामा घरेलु मदिरा र कच्चा पदार्थ बरामद

पोखरा । पोखरा उपत्यका तथा आसपासबाट घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको छ ।
मङ्गलबार र बुधबार पोखराका विभिन्न स्थानहरुबाट कास्की प्रहरीले १० लिटर घरेलु मदिरा तथा ४ सय लिटर कच्चा पदार्थ बरामद गरेको हो । प्रहरीका अनुसार मङ्गलबार पोखरा (११ फुलबारी स्थित सुन्तली श्रेष्ठको कोठाबाट १ सय ५० लिटर कच्चा पदार्थ चिनी तथा मर्चा र सोही स्थानकी राधिका थापामगरको कोठाबाट १० लिटर तयारी मदिरा तथा १ सय ५० लिटर कच्चा पदार्थ बरामद गरिएको हो ।
त्यस्तै बुधबार कास्की – १४ मनकामना टोल स्थित टेकबहादुर गुरुङको घरबाट १ सय लिटर कोदो मर्चा र चिनी मिसाएको मदिराजन्य कच्चा पदार्थ बरामद भएको कास्की प्रहरीले जनाएको छ ।