डाउनटाउनद्वारा क्षमता विकास तालिम सम्पन्न

बुटवल,पुस । रोटरी क्लब अफ बुटवल डाउनटाउनले दुई दिने उद्घोषण तालिम सम्पन्न गरेको छ । आफ्ना क्लबका सदस्यहरुको क्षमता विकासका लागि क्लबले सो कार्यक्रम गरेको हो । सामाजिक संघसंस्थामा आवद्ध व्यक्तिहरुको नेतृत्व तथा क्षमता विकास गराउने मुख्य उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष तुल्सी घिमिरे बताए । दुई दिनको यो तालिम निकै महत्वपूर्ण भएको उनले बताए । क्लबको वार्षिक कार्यक्रम अन्र्तरत यो राखिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिकका एजी इन्द्र रिसालले रोटरी क्लब बुटवल डाउनटाउनले स्थापनाकालदेखि नै निकै महत्वपूर्ण कामहरु गर्दै आएको बताए । क्लबले जुनखालको उद्घोषण तालिम दिएर क्लबका मेम्वरहरुको क्षमता विकास गर्ने योजना बनायो अगामी दिनमा यस्ता क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिन उनले आग्रह गरे ।
कार्यक्रममा रोटरी डिष्ट्रिकका एजी राजेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमा इनरह्वील क्लब अफ रुपन्देही, रोट्रयाक्ट क्लब अफ रामापिथेकस, रोट्रयाक्ट क्लब अफ डाउनटाउन, रोट्रयाक्ट क्लब अफ सिनर्जीलगायका विभिन्न क्लबहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गोपाल अधिकारी,झपिन्द्र देवकोटा,राज के.सी.,रो.राजेन्द्र ढकालले प्रशिक्षण दिएका थिए ।