add frist

तीज गीत “बरिखाको महिना” बजारमा (भिडियो सहित)

बुटवल,साउन। हिन्दु महिलाहरूको महान पर्व तिज नजिकिदैं जाँदा नेपाली साँगितिक क्षेत्रमा छुट्टै स्थान बनाइसकका शिरीष देवकोटा र प्रिया भण्डारीललाई समेत तिजको रौनकले छोएको छ । शिरीष  देवकोटा र प्रिया भण्डारीले लोकप्रिय कलाकार द्वय अमृत खाती र स्मृति गौतम सङ्गको सहकार्य मा नयाँ तीज गीत “बरिखाको महिना” बजारमा ल्याएका छन । शिरीष देवकोटा कै लय शब्द रहेको गीतमा गायक गायिका आफै नाचेका छन । तीजको लागि नृत्य गर्न सकिने रमाइलो विषयको उक्त गीत गोरखा चौतारी म्युजिक प्रा.लि.बाट बजार व्यवस्थापन गरिएको छ । स्मृति तिमिल्सिनाको कोरियोग्राफ रहेको गीत गुरुआमा फिल्मस् बाट निर्माण गरिएको हो । तीजको रौनक नजिकै आएकाले अलिकति फरक किसिमको गीत लिएर आएको गायिका प्रिया भण्डारीले बताइन । गीतमा मौलिकपन रहेको उनको दाबी छ । भिडिया हेर्न यो लिंक क्लिक गर्नुहोला । https://youtu.be/qBMohps9DOw

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु