add frist

तेस्रोलिङ्गि फेसन डिजाईन तालिम शुरु

बुटवल । तेस्रोलिङ्गि लाई लक्षित गरि तेस्रोलिङ्गि फेसन डिजाईन तालिम शुरु भएको छ । बुटवल उपमहानगरपालिका र युएन डिपिको आयोजना तथा बुटवल टेक्निक्ल ईन्स्टिच्युटको संयोजनमा तालिम शुरु भएको हो ।

महिला आर्थिक सशक्तीकरण उधमशिलता परियोजना अन्तरगतको तेस्रोलिङ्गि फेसन डिजाईन तालिमको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदिले उद्घाटन गर्दैे आफुले सबै नागरिकको सुरक्षा र सबै लिङ्गको रक्षा गर्ने बताए । उनले सीपले आर्थिक क्रान्ती हुने बताउदै सीप सिकेमा तेस्रोलिङ्गिले आफ्नो जिविकोपार्जन सहजै गर्न सकिने बताए । उनले बुटवल प्रदेशकै केन्द्र बनिरहदा समाज बदलनको लागि सबै नागरिकलाई तालिम दिदा तेस्रोलिङ्गिले फाईदा लिन सक्ने बताए ।

मानवताको सहर बनाउनको लागि यो एउटा थप प्रयास रहेको बताए । कार्यक्रममा युएन डिपि प्रदेश ५ फिल्ड अफिसर सुदिप अर्यालले महिला तथा तेस्रोलिङ्गि लाई अगाडि बढाउन यो तालिम सहयोगी सिद्द हुने बताए । ३ सय ९० घण्टे तालिममा कपडा काट्न,सिलाउन, डिजाईन भर्न लगायतका कुराहरु सिकाईने प्रशिक्षक कमला चापागाईंले बताईन ।

त्यस्तै सशक्तिकरण नेपालका अध्यक्ष आनिक रानाले तेस्रोलिङिलाई विभिन्न समस्या रहेपनी यो तालिमले केही सहजता प्रदान गर्ने बताईन । उनले तालिममा बुटवल क्षेत्रका १२ जना तेस्रोलिङ्गिले सहभागिता जनाउने बताइन ।

कार्यक्रममा बुटवल टेक्निक्ल ईन्स्टिच्युटका कार्यकारी निर्देशक पिएल श्रेष्ठ,कार्यक्रम सम्योजक मनोज रत्न भुसाल लगायतले बोलेका थिए । परियोजना अन्तरगत पिस लुम्बिनी कलेज अफ टेक्निकल एजुकेसनले हेयर कटिङ एव ब्युटिसियन तालिम सन्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु