add frist

थप ३०५१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं, कार्तिक । नेपालमा  २४ घण्टामा ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ६८ परिक्षण गर्दा ३हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्ंया १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

यस्तै वितेको २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् । यससँगै निको हुनेको कुल संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।

अब नेपालमा सक्रिय संक्रमतिको संख्या ३६ हजार ५ सय १४ रहेको छ । यस्तै वितेको २४ घण्टामा १८जनाको मृत्यु भएसँगै मृत्यु हुनेको कुल सख्ंया १हजार ५२ पुगेको मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु