add frist

थवाङको वडाध्यक्षमा नेकपा विजयी

काठमाडौ । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए । थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो । शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन् । उनले १७४ मत पाए । यो वडामा कुल मतदाता १२८४ थिए । तर,२०९ मत अर्थात १६।४ प्रतिशत मात्रै खसेको थियो ।बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् ।नेत्रविक्रम चन्द समूहका पूर्व वडाध्यक्ष फर्कबहादुरको निधनपछि वडा सदस्य भद्र झाँक्रीले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । मनोनयनका बेला उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले उम्मेद्वारी फिर्ता लिए । यसपटकको चुनाव विप्लव समूहले बहिस्कार गर्दा १२ सय मतदाता भएका ठाउँमा १७४ मत ल्याउने नेकपाका जनकबहादुर विजयी बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु