दारी ग्याङद्वारा जनचेतना कार्यक्रम

बुटवल,मंसिर । दारी ग्याङ र नेपाली युवाद्वारा क्यान्सर बिरुद्ध नेपालभर आयोजना भैरहेको अर्बुद (क्यान्सर) जनचेतना कार्यक्रम सम्पन्न भएको छ । श्री शान्ति नमुना मा.वि मणीग्राम कक्षा ११ र १२ मा अध्ययनरत ७० जना बिद्यार्थीहरुमाझ उक्त कार्यक्रम गरीएको हो । क्यान्सरबाट कसरी हामीलाई बचाउन सकिन्छ भन्ने विषयमा डा. योगेश पाण्डेले सहजिकरण गरेका थिए । कार्यक्रमको संचालन असल सुबेदिले गरेका थिए ।