दारी ग्याङ्ग बुटवलको आयोजनामा निशुल्क रक्त समुह परिक्षण

भदौ,बुटवल । दारी ग्याङ्ग बुटवलकोे आयोजनामा बिहिबार निशुल्क रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुहले प्रथम पटक रक्त समुह परिक्षण कार्यक्रम गरेको हो । दारी ग्याङ्ग बुटवलका सह–संयोजक भरत पौडेलको अध्यक्षतामा रहेको कार्यक्रममा दारी ग्याङ्ग धनगढीका संयोजक दिनेश बोहराको प्रमुख आतिथ्यता रहेको थियो । कुमार क्षेत्रीको संयोजकमा कार्यक्रमको सञ्चालन योगेश पराजुलीले गरेका थिए । रक्त समुह परिक्षणमा ४८ जना सहभागीहरु रहेका कार्यक्रममा ल्याब परिक्षण B-6215 MLT अभिजित भट्टराईले गरेका थिए । कार्यक्रमका अध्यक्ष भरत पौडेलले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।