add frist

गृहपृष्ठ दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री ओली

दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउनुभएको छ ।

मंगलबार देशबासीलाई सम्बोधन गर्दै उहाले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताउनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले लकडाउन बन्दाबन्दीबाट दैनिक कामगरी खाने तथा अन्यमा परेको असुविधाप्रति आफू चिन्तित रहेको बताउनु भएको छ ।

सम्बोधनमा सिङ्गोको मानव सभ्यता प्रभावित भएको र विश्वमा केही नेपाली सहित धेरैले ज्यान गुमाएको सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितको स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु