दुरदर्शी महिला सहकारीमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम

बुटवल,असोज । श्री दुरदर्शी महिला कृषि सहकारी सस्थाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अबसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “दिगो बिकास लक्ष्य प्राप्तिको लागि सहकारी“ भन्ने नारालाइ टेवा पुराउने उदेश्यले सहकारी मार्फत महिला सहभागितामा उल्लेखनीय वृद्धि गर्दै महिलाहरुको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सहकारीको मुल्य मान्यता र यस्को आबश्यकता किन र के का लागि भन्ने बिषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मिना कार्कीले संस्थाको बिषयमा भाबी योजना र लक्ष्यको बिषयमा प्रष्ट पार्दै उपस्थित सम्पूर्ण सद्स्यहरुलाइ सच्चिकै एउटा सुन्दर समाज निर्माण गर्नको लागि समाजमा रहेका हरेक समुदाय ,बर्ग जनजाति , मजदुर एकल महिला र युवा ब्यक्तिहरुलाई पनि सहकारी माध्यम बाट सामाजिक र आर्थिक रूपमा सबल र सक्षम बनाउन सक्छौ भन्ने कुरा प्रटाएकी थिइन । सस्थाका सचिव सोभा रानाले छोटो समयमै आफ्नो सानोतिनो पहिचान स्थापित गर्न सक्षम भएको यो सस्थाको इतिहास र यस्ले समाज र समुदायमा पारेको सकारात्मक पक्षको बिसयमा बोल्दै तपाईं हामी सबै एक जुट भए हरेक कुरा सम्भब हुने र सबै सधै एकआपसमा सकारात्मक सोच राखेर मितब्ययी भावाना दर्साएर सहकार्य गर्नु पर्ने बताएकी थिइन । सस्थापक कोषाध्यक्ष सबिता बिकको स्वागतमा सल्लाहकार सरस्वती तिमिल्सिना ,उपाध्यक्ष कल्पना बिस्ट ,कोषाध्यक्ष संगिता भुसाल ,सदस्य देबि राना ,सदस्य कालिका कार्की सस्थापक अर्पना पोख्रेल,पुर्णकला आचार्यले सदस्यहरु संग अन्तक्रिया गरेको सो कार्यक्रममा मन्जु खड्का शान्ता छेत्री ,भुमा आचार्य ,सीता थापा र बिजेता केसिले कार्यक्रम लाई निकै रोचक र सभ्य रुपमा सम्पादन गरेका थिए । यसै अवसरमा ८९८ जना सेयर सदस्य रहेको सहकारी सस्थामा संविधान दिवसको अबसर पारेर राखिएको सदस्य दर्ता कार्यक्रममा थप १०४ जना नयाँ सदस्यहरुले संस्थामा सेयर सदस्यता प्रमाणपत्र लिएका थिए । अहिले सस्थामा जम्मा १००२ जना सेयर सदस्य रहेको सस्थाका अध्यक्ष मिना कार्कीले बताइन । महिला सहकारी र तेस्मा पनि रोजगारको शिलसिलामा धेरै महिला दिदिबहिनीहरुका श्रीमानहरु घर देखि बाहिर रहनु पर्ने र धेरै जिम्मेवारी बहन गर्दै र श्रीमानले कमाएको रकमलाई सहि तरीका र सहि ठाउँमा सदुपयोग गर्न साच्चिकै यो सहकारीले हामीलाई सिकाएको भन्दै उपस्थिति संस्थाका सेयर सदस्यहरुले आफ्नो भनाइ राखेका थिए ।