add frist

गृहपृष्ठ नमुना बाख्रापालनबाट मनग्य आम्दानी गर्दै युवाहरु

नमुना बाख्रापालनबाट मनग्य आम्दानी गर्दै युवाहरु

पोखरा,असार । गाउँका धेरै युवा दुबै,कतार मलेशिया,जापान, कोरिया जानेको लहर नै चलेको छ । आफुलाई पनि बिदेश जाने थुप्रै अफर आए तर उनी आफ्नो जन्मभूमिलाई छोडेर कतै जान चाहेनन् । उनी मात्रै चाहे आफ्नै पाखा पखेरासँग रम्न । गाउँ मै व्यवसाय गर्न । पोखरा महानगरपालिका वडा नम्बर १३ आर्वाका २१ बर्षीय युवा बिकाश नेपाली आफ्नो भूमिलाई छोडेर कतै जान चाहँदैनन् । उनीको उद्देश्य छ गाउँ मै व्यवसायी बन्ने । नेपालीले विगत १० महिनादेखि विकाश बाख्रा पालन स्थापना गरी उनले गाउँमा नै मनग्य आम्दानी गर्दै आएका छन । ३८ वटा बाख्रा पालनबाट सुरु गरेका नेपालीले हाल ५४ वटा बाखा्र फर्ममा पु¥याएका छन् । हाल ;सानन, खरी( लामकाने)जमुनपारी, लगायत जातका बाख्रा नेपालीको फर्ममा रहेका छन् । उनले बाख्रापालनलाई व्यवस्थित बनाउन उनका दाजु खेम वहादुर नेपालीको सहयोगमा २ लाखको लगानीमा व्यवस्थित खोर समेत बनाएका छन् । उनलाई बजारको कुनै समस्या छैन । उनले माग अनुसारको उत्पादन गर्न नसकेको बताउँछन् । नेपालीले गाउँका सबै युवाहरु विदेश पलायन भएको हुँदा उनलाई कामदार पाउन गाह्रो भएको बताउँछन् । ‘गाउँमा भएका सबै युवाहरु विदेश छन, यहाँ अहिले बालबालिका र बुढाबूढीहरु मात्रै छन,’ उनले भने ‘यसले गर्दा गाउँ सुनसान जस्तै भएको छ, आवश्यक परेको बेला कामदार पनि पाइँदैनन् ।’ नेपालीले गाउँमा सहकार्य गरेर राम्रो व्यवसाय गरौँ भन्ने युवा नभएको बताउँदै आफुले विदेश गएका युवाहरुलाई गाउँ मै आकर्षण गर्ने गरि व्यवसाय गर्ने लक्ष्य राखेका छन् । नेपालीले विदेश गएर गर्ने दुख स्वदेशम गरे पनि राम्रो कमाइ गर्न सक्ने बताउँछन् । ‘जापान, कोरिया गएर गर्ने पनि दुख हो, यहाँ गर्ने पनि दुख हो’, उनले भन्छन् ‘विदेशमा गर्ने दुख आफ्नै ठाउँमा आफ्नै परिवारसँगै गर्ने हो भने यहाँ पनि विदेशको जति कमाई गर्न सकिन्छ ।’ नेपालीले आफुहरुले संचालन गरेको व्यवसायलाई अझै प्रभावकारी ढंगले अगाडी बढाई युवाहरुलाई रोजगार दिन चाहेको बताउछन् । उनीहरुको व्यवसायलाई देखेर गाउँमा भएका १÷२ जना कृषकहरुले पनि बाख्राहरु पाल्न थालेका छन् । आफ्नो व्यवसायले अरु स्थानीयहरुलाई समेत बाख्रापालनमा आकर्षण गर्न थालेको उनको भनाई छ । उनीले घरव्यवहार चलाएर मासिक रुपमा ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । गाउँ घर मै बाख्रापालनबाट मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने नेपालीलले विदेश जाने युवाहरुलाई स्वदेश मै पनि लगानी र परिश्रम गरे राम्रो कमाइ गर्न सकिने बताउँछन् । उनले देशलाई माया गर्न सिक्नु पर्ने बताउँदै स्वदेश मै केही गर्ने उद्देश्य राखे सफल भइने बताउँछन् । नेपालीले दैनिक विदेश जाने युवाहरुलाई आफ्नै भूमिमा परिश्रम गर्न र समाज निर्माणमा लाग्न आग्रह गर्छन् ।

यस्तै अर्का एक जना युवा उद्यमीले विदेशमा लामो समय बसेर स्वदेशमा आई पशुपालन क्षेत्रबाट राम्रो आम्दानी गदै आएका छन् । पोखरा महानगरपालिका–१३ अर्वाकै ४४ बर्षिय श्रीधर बराल यसका उदाहरण हुन । मणिदिप कृषी फार्म स्थापना गरी उनले गाउँमा नै मनग्य आम्दानी गर्दै आएका छन । आज भन्दा करिव १ बर्ष ६ महिना पहिला २४ वटा बाखा्र पालनबाट सुरु गरेका बरालले हाल ४५ वटा बाख्रा फर्ममा पु¥याएका छन् । हाल सानन, खरी( लामकाने)जमुनपारी, लगायत जातका बाख्रा बरालको फर्ममा रहेका छन् । १२ बर्ष सम्म विदेशका विभिन्न भुमिका पसिना बगाएको उनको अनुभव रहेको छ । उनी भन्छन्–‘विदेशमा धेरै पसिना बगाए अव स्वदेशमा नै रमाउछु, स्वदेशमा नै कमाउछु ।’ बाख्रा पालन गर्न केही ढुवानी लगायतका समस्या रहेको भएपनि उनले अव विदेश नजाने प्रण गदै बाख्रा पालनमा ध्यान लगाएका हुन । यस भन्दा पहिला उनले गाई फर्म समेत सञ्चालन गरेका थिए । तर लगानी उच्च आम्दानी न्युन भएपछि त्यसलाई हटाएर अहिले पुनः बाख्रा पालनमा जोड दिएका हुन । कृषि क्षेत्रमा राम्रो संभावना देखेको कारण यस क्षेत्रमान हात हालेको बरालको भनाई रहेको छ । बाख्रा विक्रिबाट एक लाख रुपैयाँ भन्दा बढि एभरेजमा मासिक आम्दानी बरालको रहेको छ । विदशेमा गएर १२ घण्टा भन्दा बढि काम गर्नुभन्दा पनि स्वदेशमा नै काम गरेर आम्दानीको बाटो फराकिलो बनाउनको लागि लगानी गरिएको उनको तर्क रहेको छ । उनी भन्छन्–‘नेपालमा नै सून फलाउन सकिन्छ , यसमा मिहिनेतको खाँचो छ, तर कुनै पनि कमी हुन दिन्न । ’ कृषि क्षेत्रमा युवाहरुको सहभागीता बढाउनको लागि नेपाल सरकारको ठोस पहल आवश्यकता रहेको उनको तर्क रहेको छ । उनी भन्छन्–‘कृषि क्षेत्रमा युवाहरुको आर्कषण कम छ त्यसलाई बढाउनको लागि सरकारी तवरबाट नै पहलको थालनी हुन आवश्यक छ ।’ युवा लाई कृषिमा आर्कषण बढाउनको लागि यस्तो प्रकृतिको योजना अगाडी बढाउनुपर्ने उनको तर्क रहेको छ ।
यसै वडामा अर्का अब्बल व्यवसायीको नाममा चिनिन सफल युवा ऋषी पराजुली (काजी) पनि विदेशमा लामो समय बसेर स्वदेशमा आई बाख्रापालनबाट राम्रो आम्दानी गदै आएका छन । पराजुलीले बिगत ३ बर्षदेखी कृपा एण्ड कृषा कृषि फर्म स्थापना गरी गाउँमा नै राम्रो आम्दानी गर्दै आएका छन । आज भन्दा ३ बर्ष पहिला ५ वटा बाख्रा पालनबाट सुरु गरेको पराजुलीले हाल आधुनिक खोर बनाई जमुनपारी,बोयर,लोकल गरी ३२ वटा बाखा्र फर्ममा पु¥याएका छन् । नगर कै नमुना बस्ति,बन सँग जोडिएको गाँउ । चारैतिर हरियो बनको क्षेत्र रहेको भु–भाग बाख्रापालानको लागी प्रसस्त स्याउला र घाँस भएको पोखरा महानगरपालिका–१३ को आर्वा भएकोले पनि बाख्रापालानमा समस्या नभएको उनि बताउँछन् बिदेशी भुमीमा लामो समय पसिना बगाएको उनको अनुभव रहेको छ । उनी भन्छन्– विदेश गएर गर्ने दुख स्वदेशमा गरे राम्रो कमाइ गर्न सकिन्छ । उनले अव विदेश नजाने प्रण गदै बाख्रा पालनमा ध्यान लगाएका हुन । “जिल्लाबाट दैनिक १५० जनाले राहदानी बनाएर विदेश जान्छन् तर गर्न सके यहीँ स्रोत र अवसर छ । व्यावसायिक बन्न सके विदेश जानै पर्दैन न त जागिर खोजेर कतै भौँतारिनुपर्छ”, पराजुलीले भने । “जिल्लामा बाख्रापालनका लागि राम्रो सम्भावना छ, दिनप्रतिदिन मासुको मागलाई पूर्ति गर्न तथा नमुनाका रुपमा बाख्राको स्रोत केन्द्र स्थापना गरी जिल्लालाई चिनाउने मेरो लक्ष्य हो”, पराजुलीले भने । उनि भन्छन् पैसा कमाउनका लागि विदेश र जागिर नै खानुपर्छ भन्नेलाई पाठ सिकाउन मैले व्यवसाय सुरु गरेको हो”, उनीहरू जस्तै युवाहरु विदेश छोडेर स्वदेश मै केही गरे देशमा आर्थिक समृद्धि नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु